Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज तस्करी गरि ल्याइएको १९ लाखको मोबाइल र घडीसहित एक भारतीय पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार ३,आईतवार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । भारतबाट तस्करी गरि ल्याइएको मोबाइल र घडी ठूलो परिमाणसहित एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ वदननगरस्थित एक घरत्राट १९ लाख रुपैया मुल्य बराबरको मोबाइल र घडीसहित भारत बिहारको पूर्वी चम्पारण जिल्लाको अमवा विसुनपुरका ३३ वर्षिय मनोज कुमारलाई पक्राउ गरेको हो ।

वदननगरका मनोज साहको घरमा डेरा लिई बस्दै आएका भारतीय नागरिक मनोज कुमारको कोठामा प्रहरीले खानतलाशी गर्दा विभिन्न ब्राण्डका ५९ थान मोबाइल र १८५ पिस घडी बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए ।

मनोज कुमारको कोठामा खानतलाशी गर्र्दा एप्पल, सामसुङ, भिभो , रेडमी लगायतका ब्राण्डका महङगा मुल्यका मोबाइल तथा टाइटन, सोनाटा लगायतका कम्पनिका घडीहरु बरामद भएको गिरिले बताए ।

पक्राउ परेका मनोज कुमारले भारतबाट राजश्व छलेर महङगा मुल्यका मोबाइल र घडीहरु वीरगञ्ज ल्याइ डेराको कोठामा भण्डारण गरि नेपादको विभिन्न शहरमा आपुर्ति गर्दै आएको सुचनाका आधारमा शनिबार प्रहीले उनको कोठामा छापा मारेको प्रहरी नायब उपरीक्षक गिरिले बताए ।

बरामद मोबाइल र घडीको बजार मुल्य १९ लाख १४ हजार रुपैयाँ मुल्यांकन गरिएकोपनि गिरिले जानकारी दिए । मोबाइल र घडीसहित पक्राउ परेका मनोज कुमारलाई आवश्यक कारबाहीको लागि आइतबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको गिरिले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० असार ३,आईतवार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० असार ३,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद