Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जनकपुरमा भाटभटेनी सञ्चालनमा आउँदै

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार ३,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । चेन मार्केटमा आक्रामक बजार विस्तार गर्दै मुलुककै ठूलो सुपरस्टोर भाटभटेनीले आफ्नो २५ औं स्टोर मधेश प्रदेशको राजधानी, मिथिला नगरी जनकपुरधाममा स्थापना गरेको छ । मधेशप्रदेशमा विरगंजपछि यो दोस्रो स्टोरका रुपमा सञ्चालनमा आउन लागेको हो ।

मधेश प्रदेशको राजधानी जनकपुर शहरलाई आर्थिक रुपमा थप चलायमान गराउन भाटभटेनीको यस स्टोरले टेवा पुग्ने स्थानीयले अपेक्षा गरेका छन् । बहुप्रतिक्षित र ठूला लगानीले यहाँ रोजगार सिर्जना गर्नुका साथै व्यस्त जीवनशैलीका उपभोक्तालाई एकै ठाउँबाट अन्तर्राष्ट्रिय स्तरको सपिङ अनुभव उपलब्ध हुँदा थप सहज हुने दाबी गरिएको छ ।

नेपालमै अन्तराष्ट्रिय स्तरको सपिङ अनुभव र सेवा प्रदान गर्ने उद्देश्यले देशभरका ठूला शहरहरुमा भाटभटेनीको स्टोर विस्तार गरिएको सुपर स्टोरका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिन बहादुर गुरुङले बताए । २ अर्ब बढी लागतमा जनकपुरधाम उपमहानगरपालिका वडा न.१४ मुजेलीया, शहिद द्वार नजिकै स्थापना भएको स्टोरको औपचारिक उद्घाटनका लागि तयारी अन्तिम अवस्थामा पुगेको छ ।

एक विगाह १० धुर क्षेत्रफलमा बनेको यस स्टोरमा २ लाख बढी वर्गफुटमा सपिङ स्पेस रहेको छ । व्यवस्थित पार्किङ, मनमोहक फउन्टेन तथा आकर्षक डिजाईन सहित बनेको भाटभटेनीमा २०० बढी स्थानीयले प्रत्यक्ष रोजगारी पाउने उनले बताए ।

भाटभटेनीले स्वदेशी उत्पादन र स्वरोजगारलाई विशेष प्राथमिकता दिएको उनले दाबी गरे । ‘हामीले अन्तर्राष्ट्रिय स्तरको स्टोरबाट स्थानीय जनतालाई सेवा दिने मात्रै होइन, स्थानीय उत्पादन खरिद र बिक्री तथा स्वरोजगारलाई विशेष प्राथमिकता दिएका छौं । स्थानीय किसान, उद्यमी, व्यवसायी, उद्योगले उत्पादन गरेका सामग्री खरिद गर्नुका साथै स्थानीय जनशक्तिलाई रोजगार प्रदान गर्दै आएका छौं’, उनले भने ।

स्वदेश तथा विदेशबाट जनकपुर घुम्न आउने पर्यटकलाई समेत लक्षित गरी स्थापना गरिएको स्टोरमा उपलब्ध हुने सेवाले यहाँको पर्यटन व्यवसायमा समेत टेवा पुग्ने अपेक्षा गरिएको भाटभटेनी सुपरस्टोरका क्षेत्रिय व्यवस्थापक विनोद भट्टराईले बताए । यो स्टोर संचालनले जनकपुर मात्र नभई आसपासका जिल्लाहरुसंगै सिमावर्ति भारतिय शहरका बासिन्दाहरुपनि लाभान्वितहुने उनले बताए । स्टोर संचालनसंगै जनकपुरको आन्तरिक तथा वाह्य पर्यटनको प्रर्वधनमा पनि सहयोग पुग्ने उनको विश्वास छ ।

स्टोरमा ग्रोसरी, किचनवेयर, रेडीमेड गार्मेन्ट, बच्चाका खेलौनाका सामान, फुटवेयर, ईलेक्ट्रोनिक्सका सामानहरु, वल्र्ड क्लास ब्राण्डेड लुगाहरु, ब्राण्डेड जुत्ताहरु लगाएत दैनिक उपभोग्य सबै सामान एकैठाउँमा बजार भन्दा सस्तो मूल्यमा उपलब्ध हुने व्यवस्थापक विनोद भट्टराईको भनाई छ ।

फुडकोर्ट सहितको पूर्ण वातानुकुलीत एवम् आकर्षक सजावट सहित एकै स्थानमा अन्तराष्ट्रिय स्तरको सपिङगर्दा यस क्षेत्रका आम उपभोक्ताको समयको समेत बचत पनि हुने उनी बताउछन् ।

यस स्टोरमा अन्तर्राष्ट्रिय स्तरको पेपे पिज्जा, मल्टिप्लेक्स सिनेमा हल, बाबु नाानीहरु खेल्नका लागि किड्स जोन,स्केट पार्क लगाएतका सुविधाहरु पनि रहने उनले बताए । स्टोरको शुभारम्भको अवसरमा ग्रोसरीमा १० प्रतिशत र इलेक्ट्रिक सामानमा २० प्रतिशत सम्म नगद छुटसँगै फ्रि होमडेलिभरी सुविधा पनि दिईने भाटभटेनीले जनाएको छ ।

मुलुक आर्थिक संकटमा परिरहेको बेला भाटभटेनीले भने अर्थतन्त्र सुधारमा टेवा पुग्नेगरी बजार विस्तारलाई थप तिब्रता दिएको छ । नीजि क्षेत्रका अन्य उद्योगी तथा व्यवसायीहरुले जस्तै भाटभटेनीले संकटको सामना गर्नुपरेको भएपनि ठूलो आँट गरेर नै बजार विस्तारलाई तिब्रता दिइएको अध्यक्ष गुरुङ बताउँछन् । मुलुक आर्थिक संकटमा परेको बेला नीजि लगानी कर्ताहरुले राज्यलाई साथदिनेगरी लगानी वृद्धि गर्नु पर्ने र सोही अनुसार राज्यले पनि लगानी सुरक्षाको प्रत्याभूत दिलाउन सक्नु पर्ने उनको बुझाई छ । ‘आर्थिक संकटका बेलामा देशलाई चाहिने भनेकै रोजगारीका अवसर हुन । जति बेरोजगारी कम हुन्छ, जनतालाई त्यतिनै सहज हुन्छ ।“उनले भने ‘संकटको बेलामा पनि रोजगारी सिर्जना गर्न सकिएको छ, यसमा हामीलाई खुसी लागेको छ ।”

आफ्नो बजार बिस्तारमा आफ्नै फरक शैली अपनाएको भाटभटेनीले झापाको विर्तामोड तथा दमकमा पनि स्टोर निर्माण कार्य चलीरहेको र छिटै संचालनमा ल्याउने भाटभटेनीले जनाएको छ । भाटभटेनीले अहिलेसम्म ८ हजार बढिलाई रोजगारी प्रदान गरिहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०८० असार ३,आईतवार
अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री  वितरण
मुख्य समाचार

अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

प्रकाशित : २०८० असार ३,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद