वीरगञ्ज । वीरगञ्जमा शनिबार सानवी फाउन्डेसन अफ नेपालले आयाेजना गरेकाे रक्तदान कार्यक्रममा ३१ जनाले रगतदान गरेका छन् ।
आदर्शनगरस्थित मधुशाला फेमिली रेष्टुरेन्टमा आयाेजित रक्तदान कार्यक्रममा १ महिलासहित ३१ जनाले रगतदान गरेका हुन् ।
रगतदान गर्नेहरुमा विवेक कुमार झा, विवेक साह, सशांक सिंह, युवराज गुप्ता, मल्बिन्दर कौर, ओमप्रकाश गुप्ता, अमरदिप साह, गोविन्द रौनियार लगायतका रहेकाे नेपाल रेडक्रस साेसाइटी पर्साका राजन श्रीवास्तवले जानकारी दिए ।
सानवी फाउन्डेसन अफ नेपालकी अध्यक्ष सानु गुप्ताको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगन्जले प्राविधिक सहयाेग गरेकाे थियाे ।
वीरगन्जका युवा अभियन्ता स्वर्गीय विवेक कलवारकाे सम्झनामा रक्तदान कार्यक्रम गरिएको फाउन्डेसनकी अध्यक्ष गुप्ताले बताईन् ।