Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा सामूदायिक विद्यालयको विदा ५ गतेसम्म लम्बियो, संस्थागत विद्यालय खुल्ने  

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार २,शनिबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, २ असार । दिनहुँ बढ्दै गइरहेको गर्मी कम नभएपछि वीरगञ्ज महानगरपालिकाले सामूदायिक विद्यालयहरुमा थप ३ दिनका लागि विदा दिएको छ ।

यसअघि बढ्दो गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकुल प्रभाव परेको भन्दै सुरुमा जेष्ठ १९ गतेदेखि जेष्ठ २६ गतेसम्म र त्यसपछि जेष्ठ २८ देखि असार १ गतेसम्मका लागि बालविकास देखि कक्षा १२ सम्मको पठनपाठन हुने सबै सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गरेको थियो ।

तर यसबीच पनि गर्मी कम नभएपछि शुक्रबार एक सूचना जारी गरेर वीरगञ्ज महानगरपालिकाले महानगरमा रहेका सबै सामूदायिक विद्यालयहरु थप ३ दिन अर्थात अषाढ ३ गतेदेखि अषाढ ५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।

तापक्रम घट्नुको सट्टा झन् बढ्दो अवस्थामा रहेकाले वर्षे विदामा कट्टा हुने गरि थप ३ दिन अर्थात अषाढ ५ गतेसम्मका लागि विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका अधिकृत हरि राउतले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

संस्थागत विद्यालय भने आइतबारदेखि खुल्ने छन् । ५ गते मंगलबार गहवामाई (माईस्थान मन्दिर) रथयात्रा रहेकाले एक दिनका दिनका लागि संस्थागत विद्यालय पनि बन्द रहने छन् ।

पर्सा, बारा लगायत मध्यतराईका जिल्लाहरुमा पछिल्लो तीन सातायता गर्मी अत्याधिक बढिरहेको छ । यसक्षेत्रमा तापक्रम बढेर अधिकतम ४५ डिग्रि सेल्सियससम्म पुगेको छ । शुक्रबार वीरगञ्ज र यसआसपासको क्षेत्रमा अधिकतम तापक्रम ४५ डिग्रि सेल्सियस मापन गरिएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८० असार २,शनिबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८० असार २,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद