Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home शिक्षा

साहिब दरबारको आयोजनामा वीरगञ्जमा योग शिविर सुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार १,शुक्रबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, १ असार । साहिब दरबारको आयोजनामा महिला दिदी बहिनीहरुलाई लक्षित गरी शुक्रबारदेखि वीरगञ्जमा निशुल्क योग शिविर सुरु भएको छ ।

शिविरको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उद्घाटन गर्नुभएको छ ।

शिविरको उद्घाटन गर्नुहुँदै महानगर प्रमुख सिंहले शरिर स्वस्थ बनाउन योगको महत्वपूर्ण योगदान रहेको भन्दै शिविरमा सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।

अहिले विश्वभर नै योगको महत्व बढेको भन्दै उहाँले हरकोहीले योग साधनाबाट आफूलाई स्वस्थ्य राख्न सक्ने बताउनुभयो ।

हरेक नागरिकलाई जरुरी सेवा उपलब्ध गराउने उद्धेश्य अनुरुप आफूहरुले काम गरिरहेको साहिब दरबार वीरगञ्जका अध्यक्ष उमेशलाल सहनीले बताउनु भयो ।

साहिब दरबारले योग शिविर मात्रै नभई भोली शनिबार रक्तदान कार्यक्रम पनि आयोजना गर्दै छ ।

एक महिनासम्म चल्ने शिविरमा प्रतिमा सिंह र लालसा चौधरीले योग प्रशिक्षण दिइरहेका छन् ।

शिविर उद्घाटन कार्यक्रममा साहिब दरबारका सस्थापक सदस्य एवं समाजसेवी अन्नपूर्ण मानन्धर, वडा नम्बर ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार, कार्यपालिका सदस्य खैरुद्दिन मियाँ, वडा सदस्य कलाम मियाँ संगिता दास, बर्कतुन नेसा, डा. अरुण गुप्ता, महिला नेतृ जिनु मैयाँ त्वायना लगायतको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजका एमबीबीएस विद्यार्थीद्वारा अन्तर्राष्ट्रिय स्तरको ईएनटी पाठ्यपुस्तकमा सुधारको सुझाव, लेखकबाट धन्यवाद तथा आगामी संस्करणमा सच्याउने प्रतिबद्धता
मुख्य समाचार

नेशनल मेडिकल कलेजका एमबीबीएस विद्यार्थीद्वारा अन्तर्राष्ट्रिय स्तरको ईएनटी पाठ्यपुस्तकमा सुधारको सुझाव, लेखकबाट धन्यवाद तथा आगामी संस्करणमा सच्याउने प्रतिबद्धता

प्रकाशित : २०८० असार १,शुक्रबार
एपेक्स म्यानेजमेन्ट कलेजको बीबीएमा उद्योग–मैत्री सिकाइलाई प्राथमिकता
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजको बीबीएमा उद्योग–मैत्री सिकाइलाई प्राथमिकता

प्रकाशित : २०८० असार १,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद