Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मेयर सिंह र सिडिओलाई प्रेस सेण्टर नेपाल पर्साले बुझाए ज्ञापनपत्र

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ३१,बुधबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, ३१ जेठ । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेण्टर नेपाल जिल्ला समन्वय समिति पर्साले वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह र पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई विभिन्न मागहरु राख्दै ज्ञापनपत्र बुझाएको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गर्न मिडिया काउन्सिल तथा आमसञ्चार माध्यमसँग सम्बन्धित अन्य कानुनहरु यथासिघ्र प्रकृयागत हिसाबले अगाडि बढाउन र ती कानूनहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री बनाउन, निर्माणका चरणमा रहेका सञ्चारसँग सम्बन्धित कानून प्रेस सेन्टर लगायतका सरोकारवाला निकायसँग समन्वय गरी अघि बढाउन, न्युनतम पारिश्रमिक निर्धारण समितिलाई अनुगमनको समेत जिम्मेवारी दिदै अझ बलियो र प्रभावकारी बनाउन लगायतका १४ बुँदे माग राख्दै जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

संगठनले श्रमजीवी पत्रकार ऐनले दिएका सेवासुविधा प्राप्तिका लागि बनेका ऐन कार्यान्वयनका लागि श्रमजीवी पत्रकार ऐनले परिकल्पना गरेको जस्तो छुट्टै प्रेस रजिष्ट्रारको कार्यालय स्थापना गर्न र सबै प्रदेशमा सरकारी कर्मचारीबाहेकको व्यक्तिलाई प्रेस रजिष्ट्रार नियुक्त गरेर काम थाल्न सरकारको गम्भीर ध्यनाकर्षण गराएको छ ।

पछिल्लो पटक पत्रकार तथा आमसञ्चार माध्यमसँग असम्बन्धित साइबर कानुनलाई जोडेर पत्रकार तथा आमसञ्चार माध्यमलाई प्रहरी प्रशासनले अनावश्यक दुःख दिने तथा धरपकड गर्ने कार्य जारी रहेको र सञ्चार माध्यमबाट सम्प्रेषित सामाग्रीप्रति गुनासो भए सम्बन्धित निकायमा जानसक्ने विकल्प हुँदाहुँदै त्यसो नगरी साइबर कानूनमार्फत प्रहरी प्रशासनले पत्रकार तथा सञ्चार माध्यममा त्रास उत्पन्न गरेकोले त्यस्ता कार्यहरु रोक्न माग गरेको छ । त्यस्तै वीरगन्ज महानगरपालिकालाई पनि ७ बुँदे विभिन्न माग सहितको ज्ञापनपत्र बुझाएको छ ।

वीरगञ्ज महानगरपालिकालाई बुझाईएको ज्ञापनपत्रमा उल्लेख गरिएका मागहरु :-

१. सरकारले मन्त्रीपरिषद्बाट निर्णय गरी नीति कार्यक्रममार्फत समानुपातिक विज्ञापन प्रणालीको नीति ल्याएकोमा हार्दिक आभार व्यक्त गर्न चाहन्छौं । साथै समानुपातिक विज्ञापनको नीतिलाई व्यवहारिक रुपमा तत्काल कार्यन्वयन गर्न माग गर्दछौं । सवै विज्ञापनलाई एकद्वार प्रणालीमा लैजाने ब्यवस्था मिलाउन आग्रह गर्दछौं । विज्ञापन बोर्डलाई समानुपातिक विज्ञापन प्रणाली कार्यान्वयनको लागि थप जिम्मेवार बनाउन तथा प्रकृया पूरा गरी सञ्चालनमा रहेका अनलाइन सञ्चार माध्यमहरुलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने विषयमा बजेटमा सम्बोधन भए पनि त्यसको कार्यान्वयनमा देखिएको समस्या हल गर्न यथाशीघ्र पहलको लागि ध्यानाकर्षण गराउन चाहन्छौं ।

२. वीरगञ्ज महानगरपालिकाले गठन गरेको आम सञ्चार माध्यम प्रवद्र्धन तथा नियमन समितिमा पत्रकारिता पेशासँग सम्बन्धीत सबै पक्षको सम्मानजनक सहभागिताको माग गर्दछौं । 

३.वीरगञ्ज महानगरपालिकाले वितरण गर्ने लोककल्याणकारी विज्ञापन वितरण प्रकृया पक्षपातपूर्ण भएकोले सञ्चार माध्यमको प्रभावकारिता र योगदानका आधारमा लोककल्याणकारी विज्ञापन वितरणको व्यावस्था मिलाईयोस ।

४. वीरगञ्जमा सञ्चालित सञ्चार माध्यमको प्रवर्द्धन तथा सम्वर्द्धनका लागि संस्थागत विकासमा ठोस योगदान दिनेगरी कार्ययोजना ल्याईयोस । 

५. ज्येष्ठ पत्रकारको सम्मान र जीवनभरणका लागि पेन्सन कोषको व्यावस्था गरियोस् । 

६. पत्रकारको क्षमता अभिवद्धिका लागि विधागत रुपमा तालिम र क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरियोस 

७.संकटमा परेका वा विपदतका कारण अप्ठ्यारोमा रहेका सञ्चार माध्यमर सञ्चारकमीहरुको लागि विशेष कोषको व्यावस्था गरियोस ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० जेष्ठ ३१,बुधबार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० जेष्ठ ३१,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद