Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जको बालसुधार गृहमा संरचनाको अभाव हुदाँ थुनुवा बालकहरुलाई सास्ती

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ २६,शुक्रबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जस्थित बालसुधार गृहमा रहेका थुनुवा बालकहरुले सास्ती खेप्नु परेको गुनासो आएपछि पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बिहीबार बाल सुधारगृहको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन् ।

वीरगञ्ज बिहीबार इन्सेकले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले वीरगन्जस्थित बाल सुधारगृहमा रहेका बालकहरुले सास्ती खेप्नुपरेको गुनासो गरेका थिए । उक्त गुनासो सुनेलगत्तै कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारीले बालसुधार गृहमा पुगेर अनुगमन तथा निरिक्षण गरेका हुन् ।

अनुगमन तथा निरीक्षणको क्रममा प्रमुख जिल्ला अधिकारी रेग्मीलाई बालसुधार गृहका निमित्त प्रमुख कृष्ण साह गोढले शौचालय , सुत्ने कोठा लगायत पर्याप्त संरचनाको अभावमा गर्मीमा बालकहरुले झेल्नुपरेको समस्याहरुबारे जानकारी गराए ।

साहका अनुसार बालसुधार गृहको कूल क्षमता ५० जनाको मात्र हो । तर अहिले बालसुधार गृहमा क्षमता भन्दा तेब्बर अर्थात १ सय २८ जना थुनुवा बालकहरुलाई राखिएको छ। बालसुधार गृहको एउटा कोठामा २० जनासम्म बालकहरुलाई राख्नु पर्ने बाध्यता रहेको साहले जानकारी गराए ।

उनले भने,‘ बालबालिका सम्बन्धित मुद्धामा १ सय २० दिनमा फैसला हुनु पर्नेमा वीरगन्जको बालसुधार गृहमा रहेका बालकहरुको हकमा भने बक पत्र र पेशी समेत नहुँदा कारागार पठाउने उमेर पुगेका युवार किशोरहरुलाई समेत राख्नु परेका छ । यसले झन् समस्या भएको छ। यहाँ राखिएका बालकहरुको संख्याको अनुपातमा भौतिक संरचनाको अभाव छ , कोठाहरु साँघुरा छन् , शौचालयपनि अप्रयाप्त नै छ ।

अनुगनमका क्रममा प्रजिअ रेग्मीलाई साहले बालसुधार गृहमा राखिने बालकले जनही कारागार नियमावलीले तोकेको दैनिक ७ सय ग्राम चामल र ६० रुपैया पाउदै आएको जानकारी गराए ।बालसुधार गृहमा हाल एक जना स्टाप नर्स कार्यरत रहेको पनि कार्यालयका निमित्त प्रमुख साहले जानकारी दिए ।

अनुगमनका क्रममा रहेका प्रमुख जिल्ला अधिकारी रेग्मीले भने बालसुधार गृहमा भएको अभाव र अपर्याप्त संरचनाको व्यवस्थापनका लागि सम्बन्धित स्थानीय निकाय वीरगन्ज महानगरपालिकामा पहल गर्ने आश्वासन दिए । उनले भने,‘ संघीइ सरकारको निकायमा पनि यसबारे जानकारी गराइसकेका छौं , समस्या समाधान गर्ने पहल भईरहेको छ ।

वीरगञ्जको बालसुधार गृहमा सबैभन्दा धेरै जबरजस्ती करणी, लागू औषध र चोरी डाँकाको आरोप लागेकाबालकहरु छन् ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० जेष्ठ २६,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० जेष्ठ २६,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद