Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जको नारायणी अस्पतालमा एमआरआई सेवा आगामी असार १५ गतेदेखि सुरु हुने

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ २६,शुक्रबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा एमआरआई सेवा आगामी असार १५ गतेदेखि सुरु हुने भएको छ ।

अस्पतालका प्रवक्ता एवम् वरिष्ट चिकित्सक डा. उदयनारायण सिंहले बिहीबार एक विज्ञप्ति जारी गर्दै अस्पतालले एमआरआई सेवा असार १५ गतेदेखि सुरु गर्नेगरी अन्तिम तयारी गरिरहेको जानकारी गराएका हुन् ।

यसअघि केहिदिन पहिले कान्तिपुर राष्ट्रिय दैनिकमा ‘३० करोडको एमआरआई मेसिन अढाइ महिनादेखि अलपत्र’ शीर्षकमा समाचार प्रकाशन भएको थियो । उक्त समाचार प्रति अस्पतालको ध्यानाकर्षण भएको जनाउँदै डा. सिंहले फागुन दोश्रोसाता नै एमआरआई मेसिन आइसकेको भएपनि जडानका लागि आवश्यक अन्य सामग्री नआएका कारण मेसिन जडान हुन नसकि सेवा सुरु गर्न नसकिएको विज्ञप्ति मार्फत जनाएका छन् ।

तर, अब एमआरआई मेसिन जडानको कार्य अन्तिम चरणमा पुगिसकेको र सञ्चालनका लागि आवश्यक सामग्रीहरुपनि आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालिले अस्पतालमा उपलब्ध गराइसकेकाले जडानको सबै काम सकाएर असार १५ गतेदेखि एमआरआई सेवा सुरु गरिने डा. सिंहले जानकारी दिए ।

एमआरआई मेशिन जडान र सञ्चालनका लागि आवश्यक म्याग्नेट र हिलियम ग्याँसका साथै नियमित विद्युती आपूर्तिका लागि आवश्यक जेनेरेटर आपूर्तिकर्ता कम्पनिले बुधबारमात्रै अस्पतालमा उपलब्ध गराएकाले जडानको काम तिब्र गतिमा अगाडि बढाइएको पनि डा. सिंहले जानकारी दिएका छन् ।

जडानको सबै काम सकाएर विज्ञको टोलीले असार १५ गतेभित्र अस्पताललाई हस्तान्तरण गर्ने र त्यहिदिन देखि अस्पतालले एमआरआई सेवा सुरु गर्ने डा. सिंहले बताए ।

नारायणी अस्पतालका लागि स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभागले टेण्डर आह्वान गरी आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालि मार्फत ३० करोड रुपैयाँमा एमआरआई मेशिन खरिद गरेको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० जेष्ठ २६,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० जेष्ठ २६,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद