Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home शिक्षा

पर्सामा पूर्णखोप सुनिश्चितताका लागि दुईदिने अद्यावधिक गोष्ठी सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ २४,बुधबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्सामा सुरु भएको स्वास्थ्यकर्मीहरुका लागि दुईदिने अद्यावधिक गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।स्वास्थ्य कार्यालय पर्साको आयोजनामा स्वास्थ्यकर्मीहरुका लागि मंगलबार देखि सुरु भएको दुईदिने अद्यावधिक गोष्ठी बुधबार सम्पन्न भएको हो ।

पूर्णखोप दिगोपना र सरसफाई प्रबर्द्वनको लागि योजना तयारी , पूर्णखोप सुनिश्चितताका लागि सुक्ष्म योजना बनाउने उदेश्यले स्वास्थ्य कार्यालय पर्साले दुईदिने अद्यावधिक गोष्ठीको आयोजना गरेको गोष्ठी सम्पन्न भएको हो । क्लाशीक बैंकेटको सभाकक्षमा मंगलदेखि सुरु गोष्ठीमा पर्साका ७ वटा पालिकाका स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो ।

गोष्ठीमा ठोरी , जिराभवानी , जगनरनाथपुर , पटेर्वासुगौली र सखुवा प्रसौनी गाँउपालिका तथा पर्सागढी र पोखरिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखका साथै ती पालिकामा रहेका स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी गरि ५४ जनाको सहभागीता रहेको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए ।

दुर्ईदिने भएको गोष्ठीमा पालिकामा रहेका हरेक स्वास्थ्य संस्थामा खोप तथा खोपजन्य सामाग्री माग गर्न स्वास्थ्यकर्मीहरुलाई सक्षम बनाउने विषयमा प्रशिक्षणपनि दिइएको तथा पूर्णखोप दिगोपना र सरसफाई प्रबर्द्वनको लागि स्थानीय तहमा काम गर्दै आइरहेको र अझै पनि कोही यसबाट छुट्न नहुने गरी प्रशिक्षण दिएको ठाकुरले बताए ।

गोष्ठीमा सहभागीहरुलाई स्वास्थ्य कार्यालय पर्साका प्रमुख नवलकिशोर साह, जनस्वास्थ्य अधिकृत ठाकुर र मोहनलाल साहले सहजीकरण गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजका एमबीबीएस विद्यार्थीद्वारा अन्तर्राष्ट्रिय स्तरको ईएनटी पाठ्यपुस्तकमा सुधारको सुझाव, लेखकबाट धन्यवाद तथा आगामी संस्करणमा सच्याउने प्रतिबद्धता
मुख्य समाचार

नेशनल मेडिकल कलेजका एमबीबीएस विद्यार्थीद्वारा अन्तर्राष्ट्रिय स्तरको ईएनटी पाठ्यपुस्तकमा सुधारको सुझाव, लेखकबाट धन्यवाद तथा आगामी संस्करणमा सच्याउने प्रतिबद्धता

प्रकाशित : २०८० जेष्ठ २४,बुधबार
एपेक्स म्यानेजमेन्ट कलेजको बीबीएमा उद्योग–मैत्री सिकाइलाई प्राथमिकता
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजको बीबीएमा उद्योग–मैत्री सिकाइलाई प्राथमिकता

प्रकाशित : २०८० जेष्ठ २४,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद