Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जिल्ला प्रशासन कार्यालय पर्साबाट भोली सोमबारदेखि नागरिकता पाईने

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ २१,आईतवार
A A
file photo

file photo

1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । जिल्ला प्रशासन कार्यलय पर्साले नयाँ नागरिकता ऐन अनुसार सोमबारदेखि नागरिकता प्रमाणपत्र वितरण गर्ने भएको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले आज सूचना जारी गर्दै आवश्यक कागजात सहित भोलीबाट कार्यलय समयमा सम्पर्क गर्न अनुरोध गर्नुभएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि नागरिकता ऐन राजपत्रमा प्रकाशित भइ लागु भईसकेको छ । ऐन राजपत्रमा प्रकाशित भएसँगै आजदेखि नागरिकता वितरण सुरु हुने भनिएको थियो ।

गृहमन्त्रालयले शुक्रवार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई नयाँ ऐन बमोजिम नागरिकता प्रमाण पत्र वितरण गर्न परिपत्र पठाइसकेको थियो । नागरिकतासम्बन्धी नयाँ ऐनले पूरानो कानुनमा मुख्यतः चार वटा परिवर्तन गरेको छ ।

गृहको परिपत्रसँगै भोलीदेखि नयाँ कानुन अनुसार जन्मका आधारमा नागरिकता पाएका नागरिकका सन्तानले, आमाको नामबाट मात्र नागरिकता लिनेहरूले र विदेशी बाबुबाट जन्मिएका नेपाली महिलाका सन्तानले पनि नागरिकता पाउने सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

पौडेलले नयाँ कानूनअनुसार ०७२ साल असोज ३ गते भन्दाअघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवैको नेपाली नागरिकता देखाएर १६ वर्ष पुगेपछि वंशजको नागरिकता पाउने बताउनुभयो ।

योसँगै नागरिकताको सिफारिस लिन वडा कार्यालयमा भिडभाड शुरु भएको छ ।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८० जेष्ठ २१,आईतवार
नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग
मुख्य समाचार

नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग

प्रकाशित : २०८० जेष्ठ २१,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद