Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मिटरब्याजीविरुद्ध आयोगमा २१ हजार भन्दा बढी उजुरी दर्ता

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ १९,शुक्रबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम । देशैभरीबाट मिटरब्याजीविरुद्ध २१ हजार भन्दा बढी उजुरी परेको छ । मिटरब्याजबाट पीडितहरूले २७ दिनमा सुदखोर साहुहरुविरुद्ध सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत आयोगमा २१ हजार ५ सय ४८ उजुरी दर्ता गराएका छन् ।

बैंक तथा वित्तीय संस्थाबाट ऋण नपाएर स्थानीय साहुबाट लिएको ऋण बापत घरजग्गा हड्पनेदेखि लिएर मानसिक रूपमा यातना दिन थालेपछि अनुसन्धान र कारबाहीको लागि सरकारले आयोग गठन गरेको थियो । जाँचबुझ आयोगमार्फत समस्या समाधान गर्न उजुरी माग गर्दा बैशाख १७ गतेदेखि जेठ १४ गतेसम्म मिटरब्याज साहुविरुद्ध ठुलो सङ्ख्यामा उजुरी परेको हो ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीका अनुसार मधेस प्रदेशको आठ जिल्लाबाट सबैभन्दा बढी उजुरी दर्ता भएको हो । उनका अनुसार मिटरब्याजबाट पीडितहरूले मधेस प्रदेशको आठ जिल्लाबाट १७ हजार ८ सय ५६ उजुरी दिएका छन् ।

त्यस्तै कोशी प्रदेशमा ३७७, बागमती प्रदेशमा ६९, गण्डकी प्रदेशमा शून्य, लुम्बिनी ३ हजार १२, कर्णालीमा ४५, सुदुरपश्चिममा १ सय ५७ उजुरी दर्ता भएको आयोगका अध्यक्ष कार्कीले जानकारी दिए ।

आयोगले पीडितहरूलाई प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमार्फत अथवा अनलाइनबाट फाराम भर्ने व्यवस्था मिलाएको थियो । सबै जिल्ला प्रशासन कार्यालयमा पीडितलाई उजुरी दिन एउटा छुट्टै कक्षको व्यवस्था गरिएको थियो । पीडितलाई सहयोगका लागि कार्यालयका कर्मचारीलाई खटाइएको थियो । सबै मिटरब्याज पीडितले फाराम भरुन् भनेर दोस्रो पटक समय थप गरी आयोगले उजुरी लिएको छ ।

आयोगले पहिलोपटक वैशाख १७ देखि ३१ गतेसम्म निवेदन दिने सूचना सार्वजनिक गरिएको थियो । त्यसपछि जेठ १४ गतेसम्मको लागि उजुरी दिने समय थप गरेको थियो । तर अझै उजुरी दिन छुटेका पीडितहरूले जिल्ला प्रशासन कार्यालयमा गएर दर्ता गराउन सक्ने आयोगका अध्यक्ष कार्कीले जनाएका छन् । उनले पीडितले जैलेसुकै उजुरी दिए पनि अनलाइनमार्फत दर्ता हुने जनाए ।

आयोगले पहिलो चरणमा तथ्याङ्क सङ्कलन गरेसँगै अब दोस्रो चरणको काम सुरु गर्ने कार्कीले जानकारी दिए । उनले भने,‘पीडित भएका जिल्लामा जेठ ११ कार्यदल गठन गर्न निर्देशन दिइएको छ । सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा प्रहरी निरीक्षक, सरकारी वकिल सदस्य र प्रशासन अधिकृत वा नायब सुब्बालाई सचिव बनाएर कार्यदल गठन गरी काम अगाडि बढाइने छ ।’

कार्यदलले पीडित र साहुसहित वडाध्यक्ष तथा पालिका प्रमुखलाई राखेर छलफल अगाडि बढाउने छ,’ अध्यक्ष कार्कीले भने,‘ऋणीले तिर्नुपर्छ, बढी लिएको साहुले फिर्ता दिनुपर्छ । कतिपय पीडितले ऋण लिँदा जग्गाको लालपुर्जा पास गरेर दिएका छन्, ऋण चुक्ता गरी जग्गा फिर्ता गराइन्छ । अहिलेसम्म आयोगले पीडितसँगमात्र छलफल गरेको छ । पीडक आयोगसँग छलफल गर्न आएकै छैन।’

यता सिराहा, जनकपुर, धनुषामा साहुहरू मिलेर छुट्टै सङ्गठन खोलेका छन् । उनीहरूले मिटरब्याजी पीडकको नाममा मानसिक यातना दिएको भन्दै आवाज उठाइरहेका छन् । ‘कतिपय साहु आयोगसँग सहकार्य गर्न तयार छन्,’ कार्कीले भने, ‘दुवै पक्षको कुरा सुनिसकेपछि कार्यदले निर्णय लिन्छ ।’ सहमतिमा आउन नचाहने साहुको सम्पत्ति छानबिन हुने र स्रोतभन्दा धेरै सम्पत्ति भेटिए सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुने उनले बताए । ‘त्यसैले सम्पत्ति छानबिन गर्न बाध्य नबनाउनुहोला । सहमतिमै मिलेर जाऔँ भनेर साहुलाई भनिरहेका छौँ,’ उनले भने, ‘छलफलको काम सुरू भइसकेको छ ।’ आयोगलाई तीन महिनाको समय तोकिएको छ । समय अवधिभित्र काम सकिन्छ सकिन्न भनेर तत्काल भन्न नसकिने कार्कीले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० जेष्ठ १९,शुक्रबार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० जेष्ठ १९,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद