Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

विश्वकप छनौट खेल्ने नेपाली टोलीको घोषणा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ १५,सोमबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । अर्को महिना जिम्बाबेमा हुने विश्वकप क्रिकेटको छनौट खेल्ने नेपाली टोलि घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले आइतबार घोषणा गरेको १६ सदस्यीय टोलीमा विकेट किपर अर्जुन साउद फर्किएका छन् ।

पूर्व कप्तानहरु सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्लले पनि टोलिमा नियमित स्थान बनाएका छन् । रोहित पौडेलको कप्तानीमा रहेको टोलीमा कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, भीम सार्की, प्रतिस जिसी, ललितिनारायण राजवंशी र किशोर महतो रहेका छन् ।

नेपालले पहिलो खेल घरेलु टोली जिम्बावेसँग खेल्नेछ । उद्घाटन खेल असार ३ गते हुने भएको छ। उद्घाटन खेलमा आयोजक जिम्बावे र नेपाल भिड्ने भएका छन् । उद्घाटनको दिन दुई खेल रहेको छ ।

नेपालले दोस्रो खेलमा असार ५ गते अमेरिकासँग र तेस्रो खेल वेस्ट इन्डिजसँग असार ७ गते खेल्ने तालिका रहेको छ । नेपालले समूह चरणको अन्तिम खेल असार ९ गते नेदरल्याण्डससँग खेल्नेछ ।

जिम्बावेविरुद्ध असार ३ गते हुने खेल टेस्ट राष्ट्रविरुद्ध नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल पनि हुनेछ । विश्वकप छनौटमा दश राष्ट्रको सहभागीता रहने छ। सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ए मा नेपाल र आयोजक जिम्बावे सहित वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेका छन्। समूह बी मा श्रीलंका,आयरल्यान्ड,स्कटल्याण्ड,ओमान र युएई रहेका छन् ।

समूह चरणमा प्रत्येक राष्ट्र चार खेल खेल्नेछन्। आआफ्नो समूहका शीर्ष ३ टोलीहरु सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा एक समूहका टोलीले अर्को समूहका टोलीसँग प्रतिस्पर्धा गर्नेछन् ।

सुपर सिक्सको शीर्ष दुईमा रहने टोली अक्टोबरमा भारतमा हुने आइसीसी एकदिवसीय विश्वकपमा छनोट हुनेछन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८० जेष्ठ १५,सोमबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८० जेष्ठ १५,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद