Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा यौन धन्दा चलाउने लक्ष्मी होटलका सञ्चालक मुखियासहित ७ जना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ १२,शुक्रबार
A A
2
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । होटलमा यौन धन्दा चलाएको आरोपमा पर्सा प्रहरीले होटल सञ्चालक र यौन धन्दामा संलग्नहरुलाई पक्राउ गरेको छ ।

वीरगञ्ज – १६ नगवा, माईदिया पोखरी स्थित लक्ष्मी होटल एण्ड पार्टी प्यालेसले यौन धन्दा चलिरहेको विशेष सूचनाको आधारमा पर्सा प्रहरीले छापामारी गरेर सञ्चालकसहित सातजनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा होटल सञ्चालक जिराभवानी गाउँपालिका – १ निवासी विनोद मुखियासहित दुई भारतीय कमलेश कुमार र सतिश कुमार र पाँचजना युवती रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको टोलीले बिहिबार दिउँसो होटलमा छापामारी गर्दा त्यहाँ यौन धन्दा चलिरहेको थियो । यौन धन्दा चलाएर टोलमा विकृति फैलाएको स्थानीयले गरेको गुनासोको आधारमा प्रहरीले छापामारी गरेको स्रोतले जनाएको छ ।

स्रोतकाअनुसार होटल सञ्चालक मुखियाले कोठा भाडामा लिन आउने ग्राहकलाई आफूसँग केटिपनि उपलब्ध रहेको बताउने गरेका थिए । त्यसपछि ग्राहकलाई ह्वाट्सएप र भाइबर मार्फत उनले केटीको फोटो पठाउँथे, ग्राहकले मनपाएको केटीलाई आफ्नै होटलमा बोलाएर यौन धन्दा सञ्चालन गर्थे ।

मुखियाले होटलमा लामो समयदेखि यौन धन्दा चलाउँदै आएको स्थानीय बताउँछन् । त्यसो नगर्न चेतवानी दिँदापनि नमानेपछि प्रहरीलाई जानकारी गराइएको उनीहरुको भनाई छ ।

वीरगञ्जको बसपार्क र नगवा क्षेत्र यौन व्यवसायका लागि बद्नाम छ । यस क्षेत्रमा रहेका होटल तथा लजहरुमा प्रहरीले समयसमयमा छापामारी गरेपनि यौन व्यवसायलाई नियन्त्रण भने गर्न सकेको छैन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८० जेष्ठ १२,शुक्रबार
नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग
मुख्य समाचार

नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग

प्रकाशित : २०८० जेष्ठ १२,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद