Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बाराको बकैया नदिमा अवैध उत्खनन् गर्ने ३ वटा ट्रीपर प्रहरीद्वारा नियन्त्रण

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ १२,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । बारा जिल्लास्थित बकैया खोलाबाट नदीजन्य पदार्थ (रोडा, ढुङ्गा, ग्रेभल र बालुवा) बिक्री वितरण र संकलनको लागि लगाएको ठेक्का सकारे गरेको कम्पनीले अनियमित रुपमा उत्खनन गरेपछि बारा प्रहरीले बुधवार दिउसो तीन वटा जेसिबी नियन्त्रमा लिएको छ ।

जिल्लाको निजगढ नगरपालिकासँग सिमा जोडिएको कोल्हबी नगरपालिकास्थित बकैया खोलाबाट ढुङ्गा, गिटी र बालुवा अनियमित रुपमा उत्खनन गरेको पाइएपछि प्रहरीले बा ३ क ३३०८, बा १ क ८०८० र बा ३ क ३१०८ नम्बरको जेसिबी खोलबाट नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको जेसिबी जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ राखिएको छ । नम्बर प्लेटसमेत नराखी अबैध उत्खनन भईरहेको जानकारीमा आएकोले ईलाका प्रहरी कार्यालय निजगढ र ट्राफिक प्रहरी कार्यालय निजगढबाट गएको संयुक्त टोलीले जेसिबी नियन्त्रणमा लिएको थियो ।

ठेक्का संझौताअनुसार कोल्हबी नगरपालिकाले बा ३ क ३२२ र ना. १ क ८१८४ नम्बरको दुई जेसिबीलाई मात्र खोलामा उत्खनन अनुमति दिएको भएपनि ठेकदारले ४ वटासम्म जेसिबी प्रयोग गरेर अवैध उत्खनन गर्दैआएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक रुपेशकुमार ठाकुरले बताए ।

यसअघि पनि अवैध उत्खननको आरोपमा प्रहरीले ६ वटा ट्रिपर नियन्त्रणमा लिएर डेढ लाख जरिवाना तिराएको थियो । खोला उत्खननका लागि प्रसाई सेवा कोल्हबी, रियान्स निर्माण सेवा कोल्हबी, सिद्धार्थ निर्माण सेवा काठमाडौँ र रामदुलारी कन्सन्सट्रक्सन कोल्हबीले चार करोड रुपैयाँमा ठेक्का सकार गरेका छन् ।

कोल्हबी नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरीले ठेकदारले बदमासी गरेको स्वीकार गर्दै आफूले पटकपटक अनुगमन गरेपनि जिल्ला समन्वय समितिले अनुगमन नगरेका कारण ठेकदार कम्पनीले मनोमानी गरेको बताए । अनुगमनको जिम्मा पाएको जिल्ला समन्वय समितिले हालसम्म एक पटक मात्र अनुगमन गरेको चौधरीले बताउँछन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०८० जेष्ठ १२,शुक्रबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०८० जेष्ठ १२,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद