Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

महानगरमा बालबालिकालाई पुर्णखोपबाट बञ्चित हुन नदिने स्वास्थ्यकर्मीहरुको सामुहिक प्रतिबद्धता

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ९,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज ,९जेष्ठ ः वीरगन्ज महानगरका सामुदायिक (सरकारी) स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुले महानगरमा नियमित खोपबाट बालबालिकालाई बञ्चित हुन निदने सामुहिक प्रतिबद्धता जनाएका छन् ।
स्वास्थ्य कार्यालय पर्साले वीरगन्जमा आयोजना गरेको पूर्ण खोप सुनिश्चितता तथा दिगोपनको लागि पुर्नताजगी विषयक तीनदिने तालिमको समापनमा तालिममा सहभागी महानगरका ३२ वटै वडाका स्वास्थ्यकर्मीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
स्वास्थ्य कार्यालय पर्साको तथ्यांक अनुसार, पर्सामा गत पाँच वर्षको अवधिमा १४ हजार ७१५ जना बालबालिका पूर्ण खोपबाट बञ्चित भएका छन् ।स्वास्थ्य कार्यालय पर्साको तथ्यांक अनुसार , आर्थिक वर्ष २०७५÷७६ देखि चालु आर्थिक वर्ष २०७९÷८० सम्म जिल्लाका १४ वटै पालिकामा गरि पूर्णखोपबाट १४ हजार ७१५ बालबालिका बञ्चित भएका हुन् ।
जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई विभिन्न १३ प्रकारका खोप नेपाल सरकारले स्वास्थ्य संस्थाहरु मार्फत निशुल्क उपलब्ध गराउदै आएको छ ।
सरकारले जिल्लाका हरेक वडामा खोपकेन्द्र स्थापना गरि निशुल्क खोप उपलब्ध गराउँदै आएको भएपनि जिल्लामा यति धेरै संख्यामा बालबालिकाहरु पूर्ण खोपबाट बञ्चित हुन पुगेका हुन् ।
तालिमकै क्रममा जिल्लामा पुर्णखोप लगाउनबाट बञ्चित बालबालिकाका बारे यस्तो तथ्यांक सार्वजिनक भएपछि तालिममा सहभागी वीरगन्ज महानगरका स्स्थ्यवाकर्मीहरुले अब एक जनापनि बालबालिका पुर्णखोप लगाउनबाट बञ्चित हुन नदिने सामुहिक रुपमै लिखित प्रतिबद्धता जनाएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए ।
तीनदिने तालिमका क्रममा खोप केन्द्रमा खटिने स्वास्थ्यकर्मीको लापरवाही ,चाँडपर्बका बेला खोप सेसन सञ्चालन नहुननु , खोप सेसनको सञ्चालन मिति र समय निश्चित नहुनु ,अभिभावकहरुको हेलचेक्रयाई , अभिभावकमा सचेतनाको कर्मी इत्यादि कारणले बालबालिकाहरु पुर्णखोप लिनबाट बञ्चित हुने गरेको बारेमा बताइएको थियो ।
त्यसैलाई नै मध्यनजर गरि स्वास्थ्य कार्यालय पर्साले आइतबारदेखि स्वास्थ्यकर्मीका लागि तीनदिने पुर्नताजगी तालिम सञ्चालन गरेको थियो । तालिममा महानगरका ३२ वटै वडामा रहेका सरकारी ३३ वटा र नीजी ४ वटा स्वास्थ्य संस्थाका गरि ९२ जना स्वास्थ्यकर्मी सहभागी थिए ।
तालिममा सहभागीहरुलाई राष्ट्रिय खोप कार्यक्रमको लक्ष्य , उदेश्य , उपलब्धी र चुनौती लगायतका विषयमा खोप विज्ञहरुले प्रशिक्षण दिइएको जनस्वास्थ्य अधिकृत ठाकुरले जानकारी गराए । यसका साथै कोहिपनि बालबालिका नियमित खोपबाट बञ्चित नहोउन् भन्नका लागि स्वास्थ्यकर्मीले अपनाउनुपर्ने विधी र उपाय बारेपनि प्रशिक्षण दिइएको थियो ।
मंगलबार तालिमको अन्तिमदिन तालिममा सहभागीहरुले गीत, नृत्य र नाटकसहितको प्रयोगात्मक अभ्यासपनि गरेका थिए ।
तालिममा सहभागी स्वास्थ्यकर्मीहरुले भने आफुहरुले इमानदारीपूर्वक दिनरात नभनि जनताको सेवामा खट्दै आएको भएपनि सरकारी सेवासुविधाबाट बञ्चित हुनेगरेको गुनासो गरे । उनिहरुले तलब बाहेकका भत्ताको रकम महिनौंदेखि नपाएको दुखेसोपनि सुनाए ।
स्वास्थ्यकर्मीहरुको गुनासो सुनेपछि जनस्वास्थ्य अधिकृत ठाकुरले नेपाल सरकारको नीति र नियमकानुनले तोकेका सेवासुविधा स्वास्थ्य कार्यालयले नरोकेको र अबपनि नरोक्ने बताए।यदि कुनै गुनासो वा समस्या भए सिधै आफू वा स्वास्थ्य कार्यालय प्रमुखलाई जानकारी गराउन आग्रह गर्दै उनले स्वास्थ्यकर्मीका जायज गुनासा र समस्या सम्बोधनका लागि आफुहरु हरहमेशा तयार रहेको बताए ।
तालिमको समापन कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका प्रमुख नवलकिशोर साहले तालिममा सिकेको सीप र ज्ञान उपयोग गरेर आफ्नो जिम्मेवारी र कर्तब्य इमानदारीपूर्वक निर्वाह गर्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे । उनले कार्यक्षेत्रमा कुनै अप्ठ्यारो वा समस्या आइपरे त्यसलाई स्वास्थ्य कार्यालय वा पालिकासंग समन्वय गर्न आग्रह गर्दै तर कुनैपनि बालबालिका नियमित र पुर्णखोपबाट बञ्चित हुने अवस्था आउन नदिन आग्रह गरे ।
साहकै अध्यक्षता एंव वीरगन्ज महानगरपालिकाका मेयरका प्रेस सल्लाहकार महेश दासको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा वीरगन्ज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रितेश जयसवालले पनि मन्तव्य व्यक्त गरेका थिए ।
समापन कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय पर्साका अधिकृत मोहनलाल साहले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०८० जेष्ठ ९,मंगलवार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०८० जेष्ठ ९,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद