Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सामुदायिक विद्यालयमा मेयर सिंहको आकस्मिक अनुगमन, एकै विद्यालयका २४ शिक्षक कारबाहीमा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ७,आईतवार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जको श्री नेपाल राष्ट्रिय विद्यापिठ माद्यमिक विद्यालय श्रीपुरमा कार्यरत २४ जना शिक्षक कारबाहीमा परेका छन् ।

विद्यालयका प्रधानाध्यापकसहित २४ जना आकस्मिक अनुगमनका क्रममा अनुपस्थित देखिएकाले कारबाही स्वरुप महानरपालिकाले स्पष्टिकरण सोधेको छ ।

महानगरपालिकाका प्रमुख राजेशमान सिंह आफैँ आइतबार बिहान आकस्मिक अनुगमनमा पुग्दा उक्त विद्यालयका प्रधानाध्यापक अनिल वर्णवालसहित २४ जना शिक्षकहरु अनुपस्थित भेटिएकाले उनीहरुसँग स्पष्टिकरण माग गरिएको शिक्षा महाशाखा प्रमुख अरबिन्द लाल कर्णले जानकारी दिनुभयो ।

विद्यालयमा भौतिक रुपमा भेटिएको भए पनि हाजिरी गरेको नपाइएकाले उनीसँग स्पष्टिकरण माग गरिएको उहाँले प्रष्ट पार्नुभयो ।

महानगरप्रमुख सिंहले पठन पाठनमा कुनै प्रभाव नपर्ने गरी विद्यालयमा देखिएको शिक्षकको कमी यथाशक्य चाँडो पूरा गर्ने गरी आफूहरु लागेको बताउनुभयो ।

यस्तै महानगरप्रमुख सिंहले आइतबार बिहान वडा नम्वर १४ पिपरामा रहेको नृसिंह माद्यमिक विद्यालय र वडा नम्वर ४ मा रहेको श्री त्रिजुद्ध महावीरप्रसाद रघुवीरराम उच्च माद्यमिक विद्यालयको समेत अनुगमन गर्नुभएको छ ।

दुबै विद्यालयमा यो शैक्षिक सत्रदेखि पूर्ण रुपमा अग्रेजी माद्यममा पठन पाठन सुरु गरिएको छ । विद्यार्थीको पठन पाठन प्रभावित हुन नदिन विद्यालयमा देखिएको शिक्षक अभाव तत्काल पूर्ति गर्ने काम अघि बढाइने पनि उहाँले बताउनुभयो । यस्तै कक्षाकोठाको अभाव पनि देखिएकाले त्यसको समाधानमा पनि आफूहरु लागि परेको उहाँले बताउनुभएको थियो ।

अनुगमनमा महानगरप्रमुखसहित प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्ण लगायत रहनु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८० जेष्ठ ७,आईतवार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८० जेष्ठ ७,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद