Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज मेघा कलेजद्वारा कक्षा १२ का विद्यार्थीहरुको विदाई कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ६,शनिबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज मेघा कलेजद्वारा कक्षा १२ का विद्यार्थीहरुका लागि आयोजित विदाई कार्यक्रम सम्पन्न भएको छ । यहाँस्थित टाउन हल पार्टी प्यालेशमा आयोजित कार्यक्रम शुक्रबार भव्यताका साथ् सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् मधेश विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक शाक्यले विद्यार्थीहरुलाई आगामी दिनका लागि आफ्नो गन्तव्य तय गर्दा विचार पुर्‍याउन सुझाव दिए । उनले कक्षा १२ पश्चात के पढ्ने, कहाँ पढ्न जाने जस्ता कयौं सवाल विद्यार्थीहरुको दिमागमा आउनु सवाभाविक भएको बताए ।

‘तपाईंहरु भर्खरै कक्षा १२ को परिक्षा दिनुभएको छ, अहिले मोज मस्ती गर्ने समय हो भन्ने जस्तो लागिरहेको होला तर यो तपाईंको जीवनको एउटा महत्वपूर्ण निर्णय लिने समय पनि हो,’ शाक्यले भने, ‘अहिले लिएको एउटा गलत निर्णयका कारण तपाईंको भविष्य अन्धारमा पर्न सक्छ । त्यसले कुनैपनि निर्णय लिँदा होस् पुर्‍याउनु होला, विज्ञ र अग्रजसँग सुझाव लिनुहोला ।’ उनले विद्यार्थीलाई आफ्नो क्षमता र दक्षताअनुसारको विषय लिएर मात्र अगाडिको दिनमा पढाईलाई निरन्तरता दिने सुझाव दिए ।

त्यस्तै विशिष्ट अतिथि वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवाल (पटवारी) ले वीरगञ्ज मेघा कलेजले सानो समयमा गरेको प्रगतिका लागि शुभकामना दिए । उनले मेघा कलेज जस्तो सही शैक्षिक संस्था छानेकोमा विद्यार्थीलाई बधाई दिँदै भने, ‘तपाईंहरुले एउटा सही निर्णय लिसक्नु भएको छ । त्यो हो आफ्नो ११ र १२ कक्षाको पढाईका लागि वीरगञ्ज मेघा कलेजको छनोट, अबको दिनमा पनि तपाईंहरुले यस्तै सही निर्णय लिनुहुन्छ भन्ने मेरो विश्वास छ ।’ पटवारीले देशको जरजर आर्थिक अवस्थालाई उकास्कने किसिमको काममा लाग्न विद्यार्थीलाई सुझाव दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८० जेष्ठ ६,शनिबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८० जेष्ठ ६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद