Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीहरुको विदाई कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ६,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज कलेजमा अध्ययन गरेका कक्षा १२ का विद्यार्थीहरुलाई शुक्रबार विदाई कार्यक्रम सम्पन्न भएको छ । वीरगञ्जस्थित क्लासिक वंक्वेटमा आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई विदाई गरिएको हो ।

विदाई कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले युवा विद्यार्थीको साथ र सहयोग विना वीरगञ्जको विकास असम्भव रहेको बताए ।

उनले युवा विद्यार्थीहरु नै समाज र देश निर्माणका जनशक्ति भएकोले आफ्नो जिम्मेवारी र दायित्व निर्वाह गर्न सुझाव दिए । कक्षा १२ को अध्ययनपछि विश्वविद्यालय तहमा जाने तयारीमा अझ बढी जिम्मेवार हुनुपर्ने बताउँदै हो हल्ला र भीडले व्यक्तिको व्यक्तित्व विकास र क्षमता विकास नहुने मेयर सिंहको बुझाई छ ।

समाज र देशको विकास युवाहरुको काँधमा रहेकोले व्यक्तित्व विकास भए मात्रै समाजको विकास हुन सक्ने र समाजको विकासले मात्रै देशको विकास सम्भव रहेकोले युवा विद्यार्थी जिम्मेवार र उत्तरदायी हुनुपर्ने उनको भनाई छ ।

वीरगञ्ज कलेजका अध्यक्ष डाक्टर दीपेन्द्र कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी, वीरगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपध्यक्ष हरि गौतम, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, निजी विद्यालय अर्गनाईजेशन प्याब्सन पर्साका बरिष्ठ उपाध्यक्ष सरोज चौधरी, महानगर अध्यक्ष आलोक चौरसिया, जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ लगायतको सहभागिता रहेको थियो ।

कक्षा १२ को परीक्षा सम्पन्न भएसँगै विद्यार्थीहरुलाई विदाई गरिएको क्याम्पस प्रमुख विनोद गुप्ताले बताए । कक्षा १२ को परीक्षा दिएका म्यानेजम्यान्ट, कानुन, पत्रकारिता लगायतका संकायका विद्यार्थीहरुलाई विदाई गरिएको हो । विदाई समारोहमा विद्यार्थीहरुले विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

आर्थिक समृद्धिको आधार नेपाली काँग्रेस मात्रै हो : अनिल रुङटा
राजनिती

आर्थिक समृद्धिको आधार नेपाली काँग्रेस मात्रै हो : अनिल रुङटा

प्रकाशित : २०८० जेष्ठ ६,शनिबार
वीरगन्ज–१८ मा राजनीतिक तरंग : वडाध्यक्ष तिवारीसहित जनप्रतिनिधि एमालेमा समाहित
मुख्य समाचार

वीरगन्ज–१८ मा राजनीतिक तरंग : वडाध्यक्ष तिवारीसहित जनप्रतिनिधि एमालेमा समाहित

प्रकाशित : २०८० जेष्ठ ६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद