Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साको पकहाँ मैनपुर गाउँपालिकाले २ वटा विद्यालयलाई स्तोरन्ती गर्ने निर्णय

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ५,शुक्रबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्साको पकहाँ मैनपुर गाउँपालिकाले २ वटा विद्यालयलाई स्तोरन्ती गर्ने निर्णय गरेको छ । शिक्षा समितीका संयोजक समेत रहेका गाउँपालिका अध्यक्ष सुरेश प्रसाद मेहताको अध्यक्षतामा बैशाख १५ गते बसेको शिक्षा समितीकाे बैठकले २ वटा बिधालयलाई स्तोरन्नती गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख दामोदर दुबेले जानकारी दिए ।

शिक्षा समितिकाे बैठकले वडा नम्बर १ धोरेमा रहेको श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयलाई माध्यमिक तहका लागी कक्षा ९ काे अध्ययन अध्यापनकाे लागि अनुमति दिने निर्णय गरेकाे प्रमुख प्रशासकिय अधिकृत राज कुश्वाहाले बताए ।

यसै गरी वडा नम्बर ५ सबैठवामा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई कक्षा ६ र ७ थप गर्ने निर्णय गरेकाे शिक्षा शाखा प्रमुख दुबेले बताए । दुबेका अनुसार कक्षा ५ सम्म संचालनमा रहेको विद्यालयलाई कक्षा ६ र ७ थप गरी आधारभुतमा स्तोरन्ती गरिएको छ ।

पकहाँ मैनपुर गाउँपालिका १६ वटा विद्यालय मध्ये १ वटा मात्रै माध्मिक स्तरको विद्यालय रहेको थियो । अब एउटा अझै माध्यमिक तहकाे अनुमति पाएसंगै दुईवटा भएकाे छ । कक्षा ६ देखी नै बिधार्थीहरु टाढाको गाउँमा बिधालय जानु पर्ने बाध्यता हटेको छ ।

अब आउने प्रत्येक बर्ष विद्यालयहरुलाई स्तोरन्ती गरिने गाउँपालिका अध्यक्ष मेहताले बताए । अध्यक्ष मेहताका अनुसार धोरे र सबैठवाका दुईटै बिधालयलाई स्तोरन्ती मात्रै होईन त्यसका लागी पालिकाबाट भौतीक संरचनाका लागी बजेट बिनियेजन गरी काम पनि सम्पन भईसकेको जानकारी दिए ।

आउने दिनमा पालिकामा रहेको १६ वटा बिधालय मध्ये कुनै पनि बिधालयमा भौतिक संरचनाको कमी हुन नदिने बताए । उता वडा नम्बर २ को दलित प्राबिमा पनि कक्षा कोठा निमार्ण भएको समेत बताए । यता वडा नम्बर ४ को ब्रम्हमबाबा प्रावि र श्री हरिहरराज उपाध्यायमा पनि कक्षाकोठा निमार्ण भएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० जेष्ठ ५,शुक्रबार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० जेष्ठ ५,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद