Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सामा पनि ‘वटसावित्री’ पर्व मनाइँदै

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ५,शुक्रबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । गर्मीबाट थकित बटुवालाई वटवृक्षको शीतल छहारीमा आराम गरेको देख्नु सामान्य हो । तर जेठको प्रचण्ड गर्मीमा वट वृक्षलाई नै शीतलता प्रदान गर्न हाथे पंखा चलाइएको दृश्य नगरीमा मात्रै देख्न पाइन्छ ।

जेठ कृष्णपक्षको अमावश्याको दिन यहाँका महिलाहरुले मनाउने ‘वट सावित्री’ पर्वको क्रममा मंगलबार यस्तो दृश्य पर्साभर देखियो ।

रंगीचंगी पहिरनमा सजिएका पर्साको महिलाहरू जेठ अमावश्याको दिन वटवृक्षको वरिपरि रातो, पहेँलो धागाले घेरा हाल्छन् । साथै सविधि पूजा पाठ गर्छन्, वटवृक्षलाई गर्मीबाट जोगाउन हाथे पंखा चलाइन्छ । अनि ज्यानलाई आराम होस् भनेर वृक्षको रेखदेर गर्छन् । वटवृक्षलाई आफ्नै श्रीमानको बिम्बको रुपमा महिलाहरू यस पर्वको अवसरमा स्याहार गर्छन् ।

पर्साको पवित्र पर्व मानिने ‘वट सावित्री’को दिन यहाँ वटवृक्षलाई श्रीमानको जस्तै सेवा गर्ने चलन छ । जेठ अमावश्याको दिन बिहानैदेखि जिल्ला भरका वटवृक्षमुनि व्रतालु महिलाहरुको भीड लागेको थियो । यस अवसरमा आँप, केरा, अनारजस्ता मौसमी फलफुल बोकेर महिलाहरुले वटवृक्षलाई सविधि पूजापाठ गरेका छन् ।

रुखमुनि महिलाहरुको अलि बाक्लै जमघट थियो । व्रत बस्नुभन्दा एक दिनअघि चोखो खाना खाई अमावश्याको बिहानैदेखि उपवास बसेका व्रतालुहरु वटवृक्षलाई पूजा गरेपछि मात्र खाना र जल ग्रहण गर्छन् ।

पर्साको बिरगंज , पोखरिया , बिन्दबासिनी , पकाहा मैनपुर सहितका पवित्र सरोवरहरुको डिलमा रहेका वडको रुखमुनि ब्रतालुहरुको उल्लेख्य जमघट थियो । ग्रामीण क्षेत्रमा समेत उत्साहका साथ वटसावित्री पर्व मनाइएको छ ।

पतिको दीर्घ जीवन तथा सुस्वास्थ्यको कामना गर्दै मनाइने यस पर्वमा नवविवाहिताहरुको उत्साहजनक सहभागिता हुन्छ । वटवृक्षलाई भोजपुरी भाषामा ‘बर्गजको गाछ’ पनि भनिन्छ ।

धर्मशास्त्रहरुमा वर्णन भएअनुसार सावित्रीले आफ्नो मृत्य पति सत्यवानको पुनर्जीवनका लागि वटवृक्षकै फेदमा पूजा गरेकी थिइन् । वटवृक्षको पूजापछि सत्यवानले पुनर्जीवन प्राप्त गरेका थिए । गृहणी ममता मिश्र यस पर्वलाई प्रकृति पूजनको पर्वको संज्ञा दिन्छिन् ।

आधुनिकताको प्रवेशसँगै केही पारम्परिक पर्व त्यौहार लोप हुने अवस्थामा पुगे पनि यस पर्वप्रतिको आकर्षण भने दिनदिनै बढ्दै गएको छ । पहिले ब्राह्मण, कायस्थ तथा सोनार जातिका महिलाहरु मात्र सहभागी हुने यस पर्वमा अचेल सबै जातिका महिलाहरु सहभागी हुन थालेका छन् ।

‘अन्य जातिका महिलाहरु पर्वमा सहभागी हुनु, खुसीको खबर हो । श्रीमानको दीर्घ जीवनको कामना गरेर मनाइने पर्वमा जातिपातिको प्रश्न उठाउनु उचित पनि होइन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० जेष्ठ ५,शुक्रबार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० जेष्ठ ५,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद