Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

दुई आनाको कारागारमा ९० बन्दी

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ५,शुक्रबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

धनकुटा । धनकुटाको सदरमुकाम धनकुटास्थित दुई आना दुई पैसाको क्षेत्रफलमा सीमित कारागारभित्र अटाइनअटाइ कैदीबन्दी छन् ।

पाँच दशक पुरानो उक्त भवनका स–साना कोठामा भान्छा, शौचालय र सुत्ने-बस्ने ठाउँ छ । भित्र घामको किरण छिर्दैन । खाना पकाउँदा बाल्ने दाउराको धुवाँले निसास्सिने गरेको कैदीबन्दीको गुनासो छ ।

२०४५ सालको भूकम्पले मुख्य कारागार भत्काएपछि तत्कालीन जिल्ला अदालतको सानो कोठालाई अस्थायी कारागार बनाइएको थियो । अस्थायी भन्दै सुरु गरिएको कारागार सञ्चालन भएको ३५ वर्ष बितिसक्यो । ‘घ’ श्रेणीको कारागारमा २५ जनाको क्षमता रहने व्यवस्था छ । तर, झन्डै चार गुणा अर्थात् ९३ कैदीबन्दी रहेको कारागारका सूचना अधिकारी हेमराज भण्डारीले बताए । पुरुष कक्षमा ४८ कैदी ४२ थुनुवा रहेको जानकारी दिए । केही वर्ष पहिलेदेखि महिला कैदीबन्दीलाई भने भिन्न भवनमा राखिएको छ । महिला कक्षमा ३ जना छन् । महिला कक्षको क्षमता १५ जना रहेको भण्डारीले जनाए ।

२ आनाको भवनमा कैदीबन्दी बस्ने ठाउँ क्षेत्रफल मुस्किलले डेढ आना क्षेत्रफल पनि छैन । जसमा दाउराको भण्डारण र प्यासेज समेत छ । वर्षायाममा हिलाम्य र हिउँदमा प्रकाश नछिर्दा कष्टकर हुने गरेको एक कैदी (नाम उल्लेख गर्न चाहेनन्) ले बताए । ‘घाम पटक्कै लाग्दैन । अझ वर्षायाम त हाम्रो लागि महाअभिसाप नै बनेको छ,’ उनले भने । घाम देखा नपर्ने र साँघुरो कोठामा कोचिएर राखिएपछि अधिकांश कैदीबन्दीमा छाला सम्बन्धी समस्या रहेको कारागारका स्वास्थ्यकर्मी (अहेव) राजेन्द्र धरालाले बताए ।

‘त्यहाँ पाँच जना दीर्घरोगी समेत छन् । तीन जना उच्च रक्तचापका, २ सुगरका बिरामीसहित अधिकांश छाला सम्बन्धी र कतिपय सिजनल फ्लु तथा पेट सम्बन्धी समस्याका बिरामी छन्,’ उनले भने, ‘मानसिक रोगका बिरामी पनि रहेकोमा उनीहरुलाई अन्यत्र स्थानान्तरण गरिएको छ ।’

सानो ठाउँमा खचाखच कैदीबन्दी भरिएका कारण छालाका समस्या अत्यधिक रहेको उनको भनाइ छ । कैदीबन्दीलाई साप्ताहिक रुपमा हरेक शुक्रबार नियमित स्वास्थ्य जाँच गरिँदै आएको छ । अघिल्लो महिनासम्म तीन जना मानसिक बिरामीसमेत थिए । तर, हाल उनीहरुलाई उपचार सहजताको कारण नख्खु कारागारमा स्थानान्तरण गरिएको कारागार प्रशासक शिवप्रसाद श्रेष्ठले जानकारी दिए । साथै खानेपानीको अभाव भोग्नु परेको कैदीबन्दीको गुनासो छ ।

कारागार ऐन २०७९ अनुसार कैदीबन्दीलाई उपलब्ध गराइने दैनिक सुविधामा भने वृद्धि गरिएको छ । दैनिक ६० बाट हाल ८० रुपैयाँ दिइँदै आएको कारागार प्रशासक श्रेष्ठले बताए । नयाँ भवन बनाउन थाले पनि बजेट कटौतीको समस्या भएको उनको भनाइ छ । चार वर्ष पहिले धनकुटा ४ को छारागाउँमा नयाँ भवनको डीपीआर गरिएको थियो । ८२ करोडमा निर्माण गर्न लागिएको सुविधायुक्त कारागारको परिकल्पना पनि डीपीआर मै सीमित भएको छ ।

‘कारागारको भौतिक पक्ष जति समस्याग्रस्त छ, व्यवस्थापन पक्ष पनि उस्तै छ । कारागारको नाममा सवारी साधन छैन । अदालतमा पेशीमा लैजाँदा कहिले हिँडाएर लैजानु पर्छ त कहिले अटोमा जानुपर्ने बाध्यता छ,’ श्रेष्ठले भने । साभार : कान्तिपुर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८० जेष्ठ ५,शुक्रबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८० जेष्ठ ५,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद