Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

अलौंमा चल्यो डोजर, हटाइयो अतिक्रमित संरचना

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ४,बिहीबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, ४ जेठ । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १७ अलौंमा सार्बजनिक जग्गा अतिक्रमण गरेर बनाइएको संरचना हटाइएको छ ।

सार्बजनिक सडक अवरुद्ध हुने गरि निर्माण गरिएको संरचना महानगरको टोलीले हटाएको हो ।

डोजरसहित गएको टोलीले अलौंमा रहेको इनार नजिकैको एउटा घर भत्काएर सडक खुलाएको छ ।

यस्तै पोखरीको पूर्वपट्टी रहेको सडकमा निर्माण गरिएका ४ वटा घरको पर्खाल पनि हटाइएको छ ।

सडक अतिक्रमण गरि बनाइएका पर्खाल हटाइएसँगै रोकिएको नाला निर्माण कार्य अघि बढ्ने वडा नम्बर १७ का वडाध्यक्ष संजिव बहादुर क्षेत्रीले बताउनु भयो ।

महानगरपालिकाले सार्वजनिक, ऐलानी जग्गा खोजी गर्नुका साथे त्यसमा बनेका संरचना हटाउने अभियान नै अघि बढाएको छ ।

अतिक्रमित संरचना हटाउन महानगपालिकाका प्रमुख राजेशमान सिंह आफैं पुग्नु भएको थियो ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख सिंहले महानगरको ३२ वटै वडामा सार्वजनिक तथा ऐलानी जग्गा खोजी गर्ने अभियान नै चलाइएको बताउनुहुँदै कहीँकतै अतिक्रमण भएको सूचना भए आफूलाई जानकारी दिन पनि आग्रह गर्नु भयो ।

अतिक्रमण हटाउन महानगर प्रमुखका साथै प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, भौतिक संरचना अतिक्रमण नियन्त्रण समितिका संयोजक तथा वडा नम्बर ५ का वडाध्यक्ष प्रदिप चौरसिया, महानगरपालिकाका सचिवालय सल्लाहकार हरि प्रसाद पोखरेल, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, नगर प्रहरी प्रमुख हरि प्रसाद भुषाल लगायतको टोली पुगेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० जेष्ठ ४,बिहीबार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० जेष्ठ ४,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद