Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

एनएमसीलाई मेडिकल टुरिजम हब बनाउँछौं’ :  बसरुद्धिन अन्सारी

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ३,बुधबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सुपरस्पेशियालिटी सेवा सुरु गर्दै नेपाल मेडिकल कलेजमा मेडिकल टुरिस्ट ल्याउने कलेजका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारीले बताएका छन् । वृहत रक्तदानसँगै कलेजको अत्याधुनिक ब्लड बैंकको शुभारम्भ गर्दै प्रबन्ध निर्देशक अन्सारीले चिकित्सा विधाका सुपरस्पेशियालिटी सेवाहरु सुरु गरेसँगै कलेजलाई मेडिकल टुरिजम हब बनाउने बताएका हुन् ।

‘नेपाल मेडिकल कलेजमा अंकोलोजी, कार्डियोलोजी सेवा सुरु गर्ने योजना बनाएका छौं । नयाँ डेण्टल भवन बन्ने क्रममा छ ।’ कलेजको स्वास्थ्य सेवा विगत डेढवर्ष यता सुधारोन्मुख भइरहेको बताउँदै अन्सारीले आउँदा दिनहरुमा स्वास्थ्य सेवाका नयाँ उपकरण सहित सुविधा सम्पन्न अस्पताल बनाएर मेडिकल टुरिजमको अवधारणामा जाने बताए ।

‘पहिला पहिला दिल्ली दुर हे भनिन्थ्यो तर, अब दिल्ली दुर छैन । हामी नेपाल मेडिकल कलेजलाई हेल्थ टुरिजम डेस्टिनेशन बनाउन चाहन्छौं । विदेशी बिरामी नेपालमा उपचार गर्न आउने बनाउने योजना छ ।’ अस्पतालमा आएका ९० प्रतिशत बिरामीको उपचार भइरहेको जनाउँदै कार्डियो, अंकोलोजी सुरु गरेपछि जस्तो सुकै गम्भिर रोगको उपचार गर्न अस्पताल सक्षम रहने अन्सारीले दावी गरे ।

यस्तै उनले नेपाल मेडिकल कलेजलाई स्थानीयको अपनत्व कायम गरेर लैजाने पनि बताए । गोकर्णेश्वर नगरपालिकासँग जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने सवालमा सम्झौताहरु भएको बताउँदै स्थानीय जनतालाई सर्वसुलभ सेवा दिने कुरामा अस्पताल गम्भिर रहेको बताए ।

कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसालले नेपाल मेडिकल कलेज नगरको गौरबको रुपमा रहेको उल्लेख गर्दै नगरपालिकाले नगरबासीको स्वास्थ्य सेवामा सहकार्य गरेर जाने बताए ।

कलेजले नगरपालिकासँग आजै रक्त सञ्चार सेवा प्रदान गर्न सम्झौता पनि गरेको छ । मेयर रिसालले ब्लड बैंक स्थापना गर्ने र नगरबासीलाई निःशुल्क ब्लड उपलब्ध गराउने आफ्नो सपना रहेको बताउँदै त्यो सपना नेपाल मेडिकल कलेजले पुरा गरिदिएको बताए । ‘हस्पिटलले ब्लक बैंक स्थापना गरेपछि नगरबासीले रगत पाइएन भनेर चिन्ता लिनु पर्दैन ।’ कलेजसँग सहकार्य गर्दै नगरपालिकाको एकजना कर्मचारी अस्पताल परिसरमै व्यवस्थापन गरेर सेवा दिन आफु अग्रसर हुने उनको भनाई छ ।

नगरकी उपप्रमुख सान्नानी लामाले अस्पतालले नगरको स्वास्थ्य सेवामा उल्लेखनीय योगदान पुर्याएको चर्चा गर्दै ब्लड बैंक स्थापनाले कुनैपनि नगरबासी बिरामी भएको अवस्थामा रगत खोज्न टाढाटाढासम्म जानुपर्ने बाध्यता हटेको बताइन् । सोही वडाका वडाध्यक्ष नन्दलाल श्रेष्ठले स्थानीय जनतालाई सहज सेवा दिने विषयमा सहकार्य गरेर जाने बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० जेष्ठ ३,बुधबार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० जेष्ठ ३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद