Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्रेस यूनियन पर्साको अध्यक्षमा चौहान, उपाध्यक्षमा शाह र देवान निर्वाचित

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ २,मंगलवार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । नेपाली कांग्रेस निकट पत्रकारको संगठन प्रेस यूनियन पर्साको अध्यक्षमा विजय चौहान (महतो) निर्वाचित भएका छन् ।

सोमबार सम्पन्न यूनियनको १० औं जिल्ला अधिवेशनको बन्दसत्रमा भएको निर्वाचनमा चौहान विजयी भएका हुन् । महतोसहित क्रान्ति शाह, अलि असगर देवान र लालकिशोर सिंह चारजना अध्यक्षका आकंक्षी थिए ।

क्रान्ति शाहलाई खुलातर्फको उपाध्यक्ष र अली असगर देवानलाई समावेशी उपाध्यक्ष निर्विरोध चयन गरेपछि चौहान र सिंहबीच सहमति जुट्न नसक्दा निर्वाचनमा जानु परेको थियो । ४९ जना कूल सदस्य सङ्ख्या रहेको यूनियनको निर्वाचनमा ४५ जना सदस्यले मतदान गरेका थिए । त्यसमध्य २३ मत चौहानको पक्षमा परेको थियो भने १८ मत सिंहको पक्षमा परेको थियो ।

चौहान ५ मतले विजयी भएको प्रमुख निर्वाचन अधिकृत रामाशिष यादवले जानकारी दिए । यूनियनको सचिवमा इरफान अलि, कोषाध्यक्षमा कपिलदेव यादव, सहसचिवमा आरजु देवकोटा पनि निर्विरोध चयन भएका छन् । यसअघि अधिवेशनको खुला सत्रको उदघाटन नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले गरेका थिए ।

उदघाटन सत्रमा बोल्दै मन्त्री रिजालले देशमा भएको भ्रष्टाचार विरुद्ध सञ्चारकर्मीहरुको कलम अझ धेरै चल्नुपर्ने बताए । उनले अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीहरुलाई कारवाही गर्नुपर्ने जनदबाव बढेको र सञ्चारक्षेत्रले पनि त्यसलाई निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्नुपर्ने बताए । उनले शरणार्थी प्रकरणको भ्रष्टाचार एमालेको पालादेखि शुरु भएको समेत बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० जेष्ठ २,मंगलवार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० जेष्ठ २,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद