Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साको पकहाँमैनपुरको मधुबनीस्थति पोखरीको जग्गामा पार्क निर्माण गर्ने प्रदेशसभा सदस्य क्षेत्रीको प्रतिबद्धता

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख २९,शुक्रबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्रीले पर्साको पकहाँमैनपुरको मधुबनीस्थति पोखरीको जग्गामा पार्क निर्माण गरिने बताएका छन् ।

पर्सा क्षेत्र ३ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य क्षेत्रीले पकहाँमैनपुर गाउँपालिकामा निर्मित जनस्वास्थ्य प्रयोगशालाको उदघाटन गर्दै यस्तो बताएका हुन् ।

नेपाली कांग्रेस पर्साका सभापतिसमेत रहेका क्षेत्रीले पकहाँमैनपुरको अस्पताल १५ बेडको स्तरोन्नति गर्नका लागि पनि केन्द्र तथा प्रदेशबाट बजेट बिनियोजन गर्न आफू लागेको बताए ।

उदघाटन समारोहलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य क्षेत्रीले पालिकाले कृर्षी, उन्नतजातका बाख्रा पालन, गाईपालन, भैंसी पालन जस्ता कार्यक्रममा फडको मार्न आग्रह गरे । उनले शिक्षालाई पनि बालविकास, नर्सरी देखी नै अंग्रेजी माध्यमबाट पढाउन पहलकदमी अगाडी बढाउन आग्रह गरे ।

उनले पोखरीयामा जिल्ला स्तरिय खेल मैदानका लागिपनि आफ्नो बजेट बिनियोजन गर्ने बताए । क्षेत्रीले पकहाँमैनपुर गाउँपालिकालाई पर्सामा नमुनाको रुपमा पालिका बनाउन जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

उनले भने “जसरी पर्सामा चुनावको बेला एकत्रित भई १४ पालिका मध्ये कांग्रेसका लागि नमुना पालिका बनेको छ । त्यसरी नै विकासको मामलामा नमुना बन्नुस् ।”

गाउँपालिका अध्यक्ष सुरेश मेहताको अध्यक्षतामा भएको उदघाटन समारोहमा गाउँपालिका उपाध्यक्ष सरफुन नेशा, १ देखी ५ का वडाअध्यक्ष, नेपाल ट्रेड युनियन तथा कांग्रेसका नेता लक्ष्मण कुर्मी, पूर्व महाधिवेश प्रतिनिधी मनोज यादव, नसुरुल्ला मियाँ, गाउँपालिका स्वास्थ्य संयोजक सञ्जय कम्मकर, पकहाँमैनपुरका स्वास्थ्य ईन्चार्ज रामनाथ महतो लगायतकाले शुभकामना मन्तब्य राखेका थिए भन्ने कार्यक्रमको सञ्चालन अनिल साहले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० बैशाख २९,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० बैशाख २९,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद