Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

धनकुटाबाट ५ सय किलो गाँजा बरामद

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख २९,शुक्रबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर । धनकुटाको धनकुटा नगरपालिका–९ मुलघाटबाट शुक्रबार बिहान प्रहरीले ठूलो परिणामको लागुऔषध गाँजा बरामद गरेको छ । प्रहरीले करिब ५ सय किलोग्राम गाँजा बरामद गरेको हो । प्रहरी चौकी मुलघाटको टोलीले धरानतर्फ लैजाँदै गरिएको को १ ख ३३६७ नम्बरको मिनी ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा ठूलो परिणामको गाँजा बरामद गरेको धनकुटा प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाले जानकारी दिए । उनका अनुसार १७ वटा बोरामा ‘प्याक’ गरिएको गाँजा बिहान ५:३० बजेतिर बरामद भएको हो ।

गाँजा नियन्त्रणमा लिने क्रममा १ जना प्रहरी घाइते भएका छन् । शंकास्पद हिसाबले आइरहेको मिनी ट्रकलाई रोकेर प्रहरीले चेकजाँच गर्दा घटना भएको हो । प्रहरी सहायक हवल्दार शेरबहादुर तामाङ मिनी ट्रकमाथि चढेर चेकजाँच गर्दै थिए । त्यस क्रममा चालकले गाडी भगाउन खोजेपछि लडेर उनी घाइते भएको एसपी कोइरालाले बताए ।

उनका अनुसार घाइते तामाङको धनकुटामै उपचार भइरहेको छ । उनको देब्रे खुट्टमा चोट लागेको छ । मिनी ट्रकमा लोड गरिएको गाँजा मुलघाटकै सिरसिरेभन्ने ठाउँमा छाडेर चालक फरार बनेको र खोजी तीव्र पारिएको जानकारी कोइरालाले दिए । बरामद भएको गाँजासहित ट्रकलाई भने आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयतर्फ ल्याइएको उनले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० बैशाख २९,शुक्रबार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० बैशाख २९,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद