Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा “मातृभाषा में शिक्षा के सन्दर्भ– भोजपुरी में पठन पाठन” विषयक विमर्श गोष्ठी सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख २८,बिहीबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

 

वीरगञ्ज,२८ बैशाख । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले भोजपुरी भाषाको संरक्षण, संवद्र्धन तथा उत्थानको लागि आफु सँधै तत्पर रहेको बताउनु भएको छ ।

भोजपुरी प्रतिष्ठान वीरगञ्जको आयोजना र भाषा आयोगको सहकार्यमा बिहिवार बीरगन्जको क्लासिक होटेलमा सम्पन्न “मातृभाषा में शिक्षा के सन्दर्भ– भोजपुरी में पठन पाठन” विषयक विमर्श गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सिंहले यस्तो बताउनु भएको हो ।

त्यस्तै कार्यक्रमको प्रमुख अतिथी भाषा आयोग नेपालका अध्यक्ष माननिय डा. गोपाल ठाकुरले प्रारम्भिक शिक्षा मातृभाषामा संचालन गर्न सके सिकाई प्रक्रिया सहज हुने ठोकुवा गर्नु भयो । स्थानिय भाषामा पठन पाठन लागु गर्न स्थानिय सरकार तथा समाज पनि गम्भिरताका साथ लाग्नु पर्ने आवश्यता रहेको कुरामा डा. ठाकुरले जोड दिनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दैै बीरगन्ज महानगरपालिका शिक्षा शाखाका प्रमुख अरविन्दलाल कर्णले कुनै समुदायको इतिहास समाप्त गर्नु परेमा सो समुदायको भाषालाई समाप्त गरे पुग्ने भएको हुँदा आफ्नो मातृभाषाको संरक्षणमा सबै जना गम्भीरताको साथ लाग्नु पर्ने धारण राख्नु भयो ।

त्यसैगरी भाषा आयोगका सदस्य माननिय गोपाल अश्कले मातृ भाषामा रोजगारी सृजना गर्न सके मातृ भाषाको विकास हुने बताउनु भयो । उनले काठमाडौं महानगरपालिकामा मातृभाषा ११५ जना शिक्षक दरबन्दी कायम गरिएको उदारहण दिदै हामीले पनि त्यतो गर्न सके भोजपुरी भाषा प्रतिको आकर्षण बढने बताउनु भयो ।

वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा भाषा बिद् डा. विश्वम्भर शर्मा, बरिष्ठ पत्रकार चन्द्रकिशोर झा,भोजपुरीया माटीका सम्पादक साहित्यकार रामप्रसाद साह, महुवा पत्रिकाका सम्पदाक प्रियंका पाण्डे, ललित कला केन्द्रका सदस्य अजमत अली,सलमा खातुन, ओमप्रकाश सर्राफ,तवरेज अहमद,ईश्वरचन्द्र यादव,बिनोद मेहता,धुव्र सिंह ठकुरी,अनिता साह,ऋतुराज पटेल, लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा सहभागीहरुलाई भाषा आयोगका अध्यक्ष डा. ठाकुरले नेपालमा बिभिन्न भाषाको इतिहास र भोजपुरी भाषाको इतिहासको बारेमा प्रकाश पारेका थिए । कार्यक्रमको सहजिकरण भोजपुरी प्रतिष्ठान बीरगन्जका सदस्य एवं पत्रकार रितेश त्रिपाठीले गरेका थिए । कार्यक्रममा साहित्यकार, बिभिन्न स्कुलका प्रअ तथा शिक्षकहरुको सहभागीता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० बैशाख २८,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० बैशाख २८,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद