Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नक्कली नेपाली रुपैयाँसहित दुई जना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख २२,शुक्रबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रहरी वृत्त बौद्धको टोलीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ। बिहीबार दिउँसो ३ बजेको समयमा गोकर्णेश्वर नगरपालिका–६ नयाँ बस्तीबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

नयाँ बस्तीमा नक्कली नोटहरुबाट सामान किनबेच हुने गरेको गोप्य सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएका सादा पोसाकका प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएका हुन्।

पक्राउ पर्नेहरुमा जाजरकोटको साविक भुर गाविस स्थाय घर भइ हाल काठमाडौंको टोखा नगरपालिका–७ बस्ने ३१ वर्षीया सम्झना गहतराज र बाँकेको नेपालगन्ज उपमहानगरपालिका–३ एक्लौनी घर भइ हाल बागबजारस्थित एक होटलमा कोठा लिएर बस्ने ३२ वर्षीय सादाय हलुवाई रहेका छन्।

सम्झनालाई नयाँबस्तीस्थित एक किराना पसलमा रिचार्ज किन्ने क्रममा उनको साधबाट एक हजारको नक्कली नोट फेला पारी सोधपुछ गर्दा बागबजारमा बस्ने सदायलाईसमेत नियन्त्रणमा लिइएको हो। सदायको कोठा चेकजाँच गर्दा उनको कोठाबाट नक्कली नोटलगायत अन्य साम्रीसमेत बरामद गरिएको छ।

प्रहरीले सदायको कोठाबाट एक हजारका ४९ थान नक्कली नोट, प्रिन्ट गरेको काट्न बाँकी एक हजारको १२६ थान र ५ सयको ६० थान, तयारी पाँच सयको नोट दुई थान, एक थान प्रिन्ट मेसिन, प्रयोग रिसकेको एक सयको एक थान तथा र ५० को तीन तान रिचार्ज कार्ड, कृषि विकास बैंकको चेकबुक, नेपाली नागरिकता, फलामको १२ इन्चको रुलर एक थान, मसी, रंगिन पेपर, फोटोकपी पेपरको रिम र दुई थान मोबाइल बरामद गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

रसुवा बाढीपछि परवानीपुर  ५ बहुअरी का नमो नारायण सिंहसहित १५ जना सम्पर्कविहीन
मुख्य समाचार

रसुवा बाढीपछि परवानीपुर ५ बहुअरी का नमो नारायण सिंहसहित १५ जना सम्पर्कविहीन

प्रकाशित : २०८० बैशाख २२,शुक्रबार
वीरगञ्जमा ईद–ए–मिलादुन्नबीको अवसरमा ‘सिरतुन नबी’ कार्यक्रम सम्पन्न
मुख्य समाचार

वीरगञ्जमा ईद–ए–मिलादुन्नबीको अवसरमा ‘सिरतुन नबी’ कार्यक्रम सम्पन्न

प्रकाशित : २०८० बैशाख २२,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद