Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

स्थानीय र संघीय सरकारको मौनताले बाराको सिम्रौनगढ़ मालपोत कार्यालय सञ्चालनमा आएन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख २१,बिहीबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

सिम्रौनगढ, बारा । स्थानीय सरकारदेखि संघीय सरकारको मौनताले बाराको सिम्रौनगढ़ मालपोत कार्यालय उद्घाटन भएको १ बर्ष पुग्न लाग्दा पनि सञ्चालनमा आएको छैन।

बाराको सिम्रौनगढमा गत भदौ १५ गते मालपोत कार्यालयको उद्घाटन भएपनि अहिलेसम्म कामकाज सुरु भएको छैन । घरदैलो मै सेवा दिन स्थापना गरिएको कार्यालय लामो समयसम्म सञ्चालन नहुँदा सानो कामका लागि पनि घण्टौँ हिँडेर सदरमुकाम कलैया धाउनुपर्ने सेवाग्राहीको बाध्यता छ ।

साविकका २८ वटा गाविसका स्थानीयलाई जग्गा सम्बन्धी काममा छिटो छरितो सेवा दिन २०७२ सालमा बाराको सिम्रौनगढमा मालपोत कार्यालय स्थापना भएको थियो । त्यसको सात वर्षपछि मात्र कार्यालय तयार भयो । तत्कालीन भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले कार्यालयको उद्घाटन गरिन् । तर उद्घाटनको सात महिना बितिसक्यो । अहिलेसम्म कार्यालय सञ्चालनमा आएको छैन ।

पटक-पटक विभिन्न विवादका कारण सात वर्षसम्म सञ्चालनमा आउन नसकेको कार्यालय अहिले पनि सञ्चालनमा आउन न सकने आशंका गर्न थालिएको छ ।

उक्तकार्यालय सञ्चालनका लागि स्थानीयवासीले प्रयास गरे पनि सरोकारवाला निकायको बेवास्थाका कारण सञ्चालनमा आउन नसकेको हो ।

सिम्रौनगढ़ मालपोत कार्यालय सञ्चालनका लागि स्थानीयवासीले विगत आठ वर्षदेखि विभिन्न राजनीतिक दलका स्थानीय देखि केंद्रीय नेतासँग आग्रह गर्नाका साथै सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका छन्। साभार : कोल्हवी न्युज

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ
मुख्य समाचार

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ

प्रकाशित : २०८० बैशाख २१,बिहीबार
बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग
आर्थिक

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

प्रकाशित : २०८० बैशाख २१,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद