Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

अनुमति बिना एम्बुलेन्स चलाए कारवाही हुने

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख २१,बिहीबार
A A
4
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स सञ्चालनका निम्ति अनुमति लिन आग्रह गरेको छ । मन्त्रालयले ३५ दिनको समय दिँदै एम्बुलेन्सको सञ्चालन अनुमति लिन र भएकालाई अनुमतिपत्र नवीकरण गराउन आग्रह गरेको हो ।

राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ को दफा ७ मा एम्बुलेन्स सञ्चालन अनुमति तथा दफा ९ मा हरेक दुई वर्षमा सञ्चालन अनुमतिपत्र नवीकरण गर्नुपर्ने व्यवस्था छ । यद्यपि, अधिकांश एम्बुलेन्स सञ्चालकले अनुमतिपत्र नलिएको र लिएकोले पनि नवीकरण नगरेको पाइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सूचना जारी गर्दै निर्देशिकाबमोजिम मापदण्ड पूरा गरी एम्बुलेन्स सञ्चालन अनुमति तथा नवीकरण प्रमाणपत्र लिई यस सञ्जालमा आबद्ध हुन सुसूचित गराएको छ ।

‘कतिपय एम्बुलेन्स सञ्चालकहरुले सञ्चालन अनुमति एवम् नवीकरण नगरिकन सञ्चालन गरेको बुझिएको हुँदा यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र निर्देशिकाबमोजिम मापदण्ड पूरा गरी एम्बुलेन्स सञ्चालन अनुमति तथा नवीकरण प्रमाणपत्र लिई एम्बुलेन्स सञ्जालमा आबद्ध हुन सम्बन्धित सबैमा अनुरोध छ’, जारी सूचनामा भनिएको छ ।

त्यस्तै, उक्त अवधिमा सञ्चालन अनुमति एवं नवीकरण नगरेको पाइएमा जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ५३ बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८० बैशाख २१,बिहीबार
खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते
मुख्य समाचार

खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते

प्रकाशित : २०८० बैशाख २१,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद