Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वैदेशिक रोजगारीमा जाने सीपयुक्त श्रमिकको सङ्ख्या बढ्दै

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख २१,बिहीबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ – नेपालबाट वैदेशिक रोजगारीमा जाने सीपयुक्त श्रमिकको सङ्ख्या बढ्न थालेको छ ।

लामो समयदेखि नेपालबाट हातमा सीप नभएका श्रमिकहरू बिदेसिने क्रम रहँदै आएपछि पछिल्लो केही समययता दक्ष श्रमिकको सङ्ख्या बढ्दै गएको वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिएको तथ्याङ्कले देखाएको छ ।

आर्थिक वर्ष २०७७/२०७८ मा कोरोना महामारीको कारण एक लाख ६६ हजार ६९८ जना वैदेशिक रोजगारीमा गएकोमा ७० हजारभन्दा धेरै दक्ष अर्थात् सीपयुक्त रहेको विभागको तथ्याङ्क छ ।

यस आर्थिक वर्षमा ८० हजार तीन सय ८२ जना अदक्ष(सीप नभएका) श्रमिकलाई विभागले श्रम स्वीकृति दिएको छ भने १५ हजार ५८३ जना अर्धदक्ष श्रमिकले श्रम स्वीकृति लिएका छन् ।

अघिल्लो आर्थिक वर्ष २०७८/२०७९ मा ६ लाख ३० हजार ९० जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकोमा दुई लाख ९१ हजार ८८९ जना दक्ष(सीपयुक्त) श्रमिक रहेका छन् । यो सङ्ख्या अदक्ष श्रमिकभन्दा झण्डै १० हजारले बढी हो ।

अदक्ष श्रमिकको रूपमा श्रम स्वीकृति लिनेहरूको सङ्ख्या दुई लाख ८३ हजार ६८ जना रहेको विभागले जनाएको छ ।

यस आर्थिक वर्षमा ५४ हजार ३२८ जना अर्धदक्ष, ६८० जना व्यवसायीक र १२५ जना उच्च सीप भएकाहरूले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।

चालु आर्थिक वर्षमा पनि यो सङ्ख्या बढ्दो

चालु आर्थिक वर्षमा पनि वैदेशिक रोजगारीमा जान सरकारसित श्रम स्वीकृति लिनेहरूमा दक्ष श्रमिककै सङ्ख्या बढी रहेको छ । चालु आर्थिक वर्षको साउन महिनामा वैदेशिक रोजगारीमा जान ६३ हजार ३९ जनाले श्रम स्वीकृति लिँदा ३८ हजार ७७ जना दक्ष श्रमिक रहेका छन् ।

जसमा ३३ सय ९६ जना महिला र ३४ हजार ६८१ जना पुरुष रहेका छन् । भदौ महिनामा ७६ हजार ४०३ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । जसमा सबैभन्दा धेरै दक्ष श्रमिकको सङ्ख्या रहेको छ । ४१ हजार ८३२ जना पुरुष र ४ हजार २३७ जना महिला गरी ४६ हजार ६९ जनाले दक्ष श्रमिकको रूपमा श्रम स्वीकृति लिएका छन् ।

यस्तै असोजमा महिनामा ६२ हजार ७०६ जनाले श्रम स्वीकृति लिँदा ३९ हजार ७९० जना दक्ष श्रमिकले श्रम स्वीकृति लिएका छन् । यो सङ्ख्या क्रमशः बढ्दै गएको विभागले जनाएको छ ।

गएको चैत महिनामा वैदेशिक रोजगारीमा जाने ६१ हजार ४७८ जनामा ४१ हजार ७२९ जना सीपयुक्त श्रमिक रहेको विभागले जनाएको छ ।

पछिल्लो समय वैदेशिक रोजगारीमा जानेहरू आफैँमा पनि सीप सिकेर मात्र वैदेशिक रोजगारीमा जानु पर्छ भन्ने भावना विकसित भएकाले वैदेशिक रोजगारीमा सीपयुक्त श्रमिकको सङ्ख्या बढ्दै गएको विज्ञहरू बताउँछन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८० बैशाख २१,बिहीबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८० बैशाख २१,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद