Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

घुस माग्ने पर्साका नापी प्रमुख श्रेष्ठ २ घण्टा सीडीयोको नियन्त्रणमा 

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख २०,बुधबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, २० बैशाख  । जिल्ला प्रशासन कार्यालय पर्साले नापी कार्यालय पर्साका प्रमुख नारायण श्रेष्ठलाई २ घण्टा नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका भित्रका सार्वजनिक ऐलानी जग्गा नाप जाँच गर्न प्रमुख जिल्ला अधिकारीकै रोहबरमा बसेको बैठकले गरेको निर्णय अनुसार काम गर्न आलटाल गर्नुका साथै घुस(आर्थिक लाभ) माग गरेपछि नापी प्रमुख श्रेष्ठलाई २ घण्टा नियन्त्रणमा राखिएको हो ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जिल्ला प्रशासन कार्यालयमा भएको निर्णय बमोजिम जग्गा नापजाँच गरिदिन पटक पटक आग्रह गर्दा पनि नापी प्रमुख श्रेष्ठले अटेर गर्दै आएका थिए । महानगर प्रमुख सिंहले प्रमुख जिल्ला अधिकारीलाई काम गर्न आलटाल गरेको र घुस माग गरेको जानकारी दिएसँगै नापी प्रमुख श्रेष्ठलाई २ घण्टा नियन्त्रणमा राखेको हो ।

नापी प्रमुख श्रेष्ठले आम सेवा ग्राहीलाई पनि दुःख दिने, घुस माग गर्ने गरेको सूचना आफूसँग आएको र महानगर प्रमुखले नै यसबारे जानकारी गराएपछि आफूले नापी प्रमुख श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनुभयो ।

महानगर प्रमुखले भनेको काम गर्न विभिन्न बहाना बनाउने श्रेष्ठले आम सर्वसाधारण सेवाग्राहीलाई झनै झुलाउने गरेको यसैबाट बुझ्न सकिने उहाँ बताउनुहुन्छ ।

नापी प्रमुखलाई २ घण्टा नियन्त्रणमा लिएको र महानगर प्रमुखसँग सहमति भए पछि छाडिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । महानगर अन्तर्गतको नगर विकासको जग्गामा रहेको सडकको नापजाँच १ हप्ता भित्रमा सक्ने सहमति पछि नापी प्रमुख श्रेष्ठलाई छाडिएको छ ।

आउँदा दिनमा सेवाग्राहीलाई झुलाउने र दुःख दिने प्रवृत्ति नदोहोर्याउने कागज बनाएर श्रेष्ठलाई छाडिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुभयो ।

यता महानगर प्रमुख सिंहले नापी प्रमुखले प्रमुख जिल्ला अधिकारीकै रोहबरमा भएको निर्णय बमोजिम काम गर्न आलटाल गरेपछि कारबाहीका लागि आाफूले प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएको बताउनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ
मुख्य समाचार

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ

प्रकाशित : २०८० बैशाख २०,बुधबार
बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग
आर्थिक

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

प्रकाशित : २०८० बैशाख २०,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद