Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

विधार्थीलाई ५ वर्षसम्म निशुल्क शैक्षिक सामाग्री दिने , वीरगञ्ज – ३० का वडा अध्यक्ष यादव

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख १९,मंगलवार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,१९ बैशाख । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० का वडाध्यक्ष मनोज कुमार यादवले आफनो वडामा रहेका तीन वटै सामुदायिक विधालयमा अध्ययनरत विधार्थीहरुलाई पाँचवर्ष सम्म निशुल्क शैक्षिक सामाग्री उपलब्ध गराउने घोषणा गरेका छन् ।

यो घोषणासंगै यादवले मंगरबार ती तीन वटै विधालयमा अध्ययनरत विधार्थीहरुलाई चालु शैक्षिकसत्रका लागि आवश्यक पर्ने कपी र कलम पनि वितरण गरेका छन् ।

वडा नम्बर ३० को लालपर्सामा नेपाल राष्ट्रिय आधारभूत विधालय , प्रसुतिपुरमा नेपाल राष्ट्रिय प्राथमिक विधालय र मुस्लिम समुदायका बालबालिकाहरु पढ्ने इस्लामिया मदर्शा गरि तीन वटा सामुदायिक विधालय छन् । ती विधालयहरुमा गरि कुल १ हजार २ सय विधार्थी अध्ययनरत छन् ।

तीन वटै विधालयहरुमा अध्यनरत कक्षा १ देखि ८ सम्मका सबै विधार्थीहरुलाई आफनो कार्यकालभरि वडा कार्यालयबाट निशुःल्क शैक्षिक सामाग्री (कपी , कलम , स्कुल ब्याग इत्यादि) उपलब्ध गराउने निर्णय गरिएको वडाध्यक्ष यादवले बताए ।

सोही निर्णय अनुरुप मंगलबार तीन वटै विधालयमा पुगेर विधार्थीहरुलाई शैक्षिक सामाग्री वितरणपनि गरिएको जानकारी उनले दिए । यादवले भने,‘ किताब र पोशाक सरकारले नै निशुल्क दिदै आएको छ , त्यो बाहेक कापी , कलम , स्कुल ब्याग इत्यादि शैक्षिक सामाग्री मेरो कार्यकालभरि अर्थात ५ वर्षसम्म वडाको बजेटबाट निशुल्क उपलब्ध गराइन्छ ।

उनले थपे,‘ सरकारी विधालयमा एक त अधिकांश गरिब विपन्नका बालबालिकाहरु नै पढ्छन् , त्यसमा पनि कापी कलम किन्न पैसा छैन भनेर कतिपय अभिभावकले बालबालिकालाई विधालय नै पठाउदैनन् , तीनै बालबालिकालाई लक्षित गरि मैले यो काम थालेको हुँ ।

यस्तै लालपर्सामा रहेको आधारभूत विधालयमा मावि तहको कक्षा सन्चालनका लागि महानगरपालिकाबाट अनुमति पनि पाउन सफल भएको वडाध्यक्ष यादवले जानकारी दिए । मावि तहको कक्षा सन्चालनका लागि अनुमति पाएसंगै तत्कालका लागि कक्षा ९ को पठपाठन पनि सुरु गर्ने तयारीमा लागेको उनले बताए ।

वडाअध्यक्ष यादवले भने,‘ यहि विधालयमा म आफैपनि ५ कक्षा सम्म पढेको हुँ , त्यसबेला ५ कक्षा पास गरेपछि कक्षा ६ देखि माथिको पढाई गर्न ३ किलोमिटर पैदल हिडेर परवानीपुरको विधालयमा जानु परेको थियो , त्यहिबेला देखि मेरो मनमा यो पिडा खिल बनेर बसेको थियो , तर आज मेरो त्यो सपना पनि पुरा भएको छ ।

वडाध्यक्ष यादवले आफनो कार्यकालमा शिक्षा र स्वास्थ्य यी दुइ क्षेत्रको सुधार र स्तरोन्नत्तीका लागि कुनै सम्झौता नगर्ने प्रतिबद्धता पनि जनाए । उनले भने,‘ शिक्षा र स्वास्थ्य यी दुई क्षेत्र मेरो पहिलो र मुख्य प्राथमिकतामा छ , अरु शीर्षकको बजेट कटौती गरेर भएपनि यी दुई क्षेत्रको सुधार र विकासमा म लागिरहन्छु ।

मंगलबारको शैक्षिक सामाग्री वितरण कार्यक्रममा वडा सदस्यहरु शयदा खातुन , जंग बहादुर राउत, न्यु नमूना युवा क्लबका अध्यक्ष गगन राउत अहिर , समाजवादी युवा संघका जिल्ला सदस्य विकास मण्डल , सुजित ठाकुर लगायतको पनि उपस्थिती थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८० बैशाख १९,मंगलवार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८० बैशाख १९,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद