Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

दुई महिला प्रहरी जो एसएसपी बन्दै छन्

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख १६,शनिबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । २०७६ पुस ४ गते प्रहरी प्रधान कार्यालय नक्सालले एसपी गंगा पन्तलाई जिल्ला प्रहरी कार्यालय चितवन पठायो। तर, राजनीतिक खिचातानीका कारण उनले सरुवा भएको जिल्लाको चार्ज बुझ्न नै पाइनन्। त्यसपछि उनलाई पर्सा जिल्ला प्रमुख बनाएर पठाइयो। जो कोही प्रहरी अधिकृतका लागि पर्सा ‘च्यालेन्जिङ’ मध्येको जिल्लामा पर्छ। सीमा नाकाबाट हुने तस्करी र अपराध नियन्त्रणका हिसाबले चुनौतिपूर्ण मानिन्छ पर्सा। आफ्नो एक वर्ष कार्याकालमा एसपी पन्तले त्यो च्यालेन्जिङ भूमिकालाई सफल रुपमा पूरा गरिन्। फौजी संगठनमा महिला इन्जार्जमाथि प्रश्न उठ्ने ठाउँ राखिनन्।

पद्मकन्या क्याम्पस, काठमाडौंमा स्नातक गरेसँगै २०५६ सालमा प्रहरी निरीक्षकको पदबाट उनी संगठनमा छिरेकी थिइन्।

गंगाले पर्साको इन्चार्ज पाएको केही महिनापछि महानगरीय प्रहरी परिसर भक्तपुर पनि महिला प्रहरीको कमाण्डमा चल्यो। काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामध्ये काठमाडौं र ललितपुर बाहेक भक्तपुरमा एसपीको कमाण्ड रहँदै आएको छ। भक्तपुरमा एसपी तारादेवी थापा छिन्।

गंगा र तारा दुवै अब प्रहरीको उच्च पदमा पुग्दैछन्। शुक्रवार गृह मन्त्रालयको गरेको एसएसपी बढुवामा उनीहरु पनि परेका छन्। १८ जना एसपी बढुवा हुँदा दुई महिला प्रहरी परेका हुन्। कुनै विवाद नभएको खण्डमा एक सातापछि उनीहरु दुवैले एसएसपीको दर्ज्यानी चिन्ह लगाउने छन्।

पछिल्ला केही वर्ष यता नेपाल प्रहरीमा महिला प्रहरी उच्चपदमा पुग्नेक्रम बढ्दो छ। त्यसो त ३० औं प्रहरी महानिरीक्षकमा यस पटक महिला प्रहरीको पनि प्रतिस्पर्धा रहेको थियो। किरण बज्रचार्य प्रहरी प्रमुखको प्रतिस्पर्धामा थिइन्। बज्राचार्य अहिले केन्द्रीय अनुसन्धान व्यूरोको प्रमुख हुन्। ब्यूरोले पहिलो पटक महिला प्रहरी प्रमुख पाएको हो उनको जिम्मेवारीसँगै।

अहिले नेपाल प्रहरीमा प्राविधिक बाहेक दुई महिला एआईजी छन्। एआईजी किरण बज्राचार्यर र एआईजी मीरा चौधरी। त्यस्तै, डीआईजीमा प्राविधिक बाहेक किरण राना र दुर्गा सिंह रहेका छन्। त्यस्तै, अब एसएसपीमा पनि दुई महिला प्रहरी थपिने छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८० बैशाख १६,शनिबार
खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते
मुख्य समाचार

खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते

प्रकाशित : २०८० बैशाख १६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद