Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

चितवन २ मा रास्वपाका रवि लामिछाने निर्वाचित, ४२ हजारभन्दा बढी मतान्तर

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख १२,मंगलवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । चितवन २ मा भएको उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका छन् ।

कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपानेलाई पाँच गुणा बढी मतान्तरले पराजित गर्दै लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले ५४ हजार १७६ मत प्राप्त गरेका छन् । कांग्रेसका श्रेष्ठले भने ११ हजार २१४ मत प्राप्त गरे । रास्वपाका लामिछाने र कांग्रेसका श्रेष्ठबीचको मतान्तर ४२ हजार ९६२ छ ।

तेस्रो भएका एमालेका न्यौपानेले १० हजार ९३६ मत पाएका छन् । १० वैशाखमा भएको उपनिर्वाचनमा चितवन २ मा ७८ हजार २ सय ७७ मत खसेको थियो ।

नागरिकतासम्बन्धी मुद्दामा लामिछानेले सांसद पद गुमाएपछि चितवन २ मा उपनिर्वाचन भएको हो । यो उपनिर्वाचनमा कांग्रेस र एमालेका उम्मेदवारले अघिल्लो चुनावमा भन्दा बढी कम मत पाएका छन् ।

यसअघि गत ४ मंसिरमा भएको निर्वाचनमा लामिछानेले ४९ हजार ३०० मतका साथ निर्वाचित भएका थिए । त्यतिबेला कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गर्मीको कारण पोखरिया नगरपालिमा पनि ६ दिनको लागि विद्यालय बन्द
मुख्य समाचार

पोखरिया नगरपालिकामा बेथिति र अनियमितताको आरोप: करार कर्मचारीको बढ्दो प्रभावप्रति जनताको चिन्ता

प्रकाशित : २०८० बैशाख १२,मंगलवार
मुख्य समाचार

नौतन टोलमा नाला निर्माणको गुणस्तरमाथि स्थानीयको प्रश्न

प्रकाशित : २०८० बैशाख १२,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद