Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जको लोहारपट्टी चोकदेखि अलखियामठ मन्दिरसम्म सवारीसाधन पार्किङ निषेध

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख १२,मंगलवार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जको लोहारपट्टी चोकदेखि अलखियामठ मन्दिर नजिकै रहेको मकालु होटलको चोकसम्म पार्किङ निषेध गरिएको छ ।

महानगरको पार्किङलाई थप व्यवस्थित बनाउँदै सडक फराकिलो बनाउने उद्देश्यले पहिलो चरणमा आजदेखि लागू हुनेगरी उक्त क्षेत्रमा दुई र चार पाङ्ग्रे सवारीसाधनको पार्किङ निषेध गरिएको हो ।

त्यहाँ पार्किङ हुँदै आएका सवारीसाधनलाई राणीसती मन्दिर अगाडि अवस्थित हजारीमल धर्मशाला ट्रस्टको खाली जग्गामा पार्किङ गर्न अनुरोध गरिएको छ ।

मङ्गलबार बिहान ग्रिनसिटी सामूदायिक सेवा केन्द्र तथा सामूदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको सभापतित्वमा महानगरपालिकाका, नेपाल प्रहरी, ट्राफिक प्रहरीलगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिको उपस्थिति बसेको बैठकले पार्किङ निषेधको निर्णय गरेको ट्राफिक प्रहरी पर्साका इन्चार प्रहरी निरीक्षक (इन्स्पेक्टर) मनिराम थापाले जानकारी दिए ।

‘अहिले पहिलो चरणमा वीरगञ्जको ट्राफिकलाई थप व्यवस्थित बनाउँदै लग्ने क्रममा लोहारपट्टी चोकदेखि मकालु होटलको चोकसम्म पार्किङ निषेध गरेका छौँ । आगामी दिनमा हाल सडकमा भइरहेको पार्किङको विकल्प खोज्दै त्यहाँ पनि निषेध लागू गर्दै जाने छौँ,’ इन्स्पेत्कर थापाले भने ।

ग्रिनसिटी सामूदायिक सेवा केन्द्र तथा सामूदायिक प्रहरी सेवा केन्द्रको कार्यालयमा भएको बैठकमा पर्सा प्रहरीका नायव उपरीक्षक निर्मल बुढाथोकी, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विदूरप्रसाद सिवाकोटी, वीरगञ्ज महानगरपालिका सरसफाई शाखाका प्रमुख सर्फुदीन मियाँ, यातायात शाखाका प्रमुख विजयकुमार गुप्ता, नेपाली युवा उद्यमी मञ्चका राहुल साह, सञ्चारकर्मी सन्तोष रञ्‍जितकार, ग्रिनसीटी सामूदायिक सेवा केन्द्रका सदस्य कैलास बजाज, चन्द्र अग्रवाल, सुशील काद्मिया, रतन टेमानी र ज्येष्ठ नागरिक बसन्त प्रसाद उपाध्याय लगायतको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

एपेक्स म्यानेजमेन्ट कलेजको बीबीएमा उद्योग–मैत्री सिकाइलाई प्राथमिकता
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजको बीबीएमा उद्योग–मैत्री सिकाइलाई प्राथमिकता

प्रकाशित : २०८० बैशाख १२,मंगलवार
सगरमाथा स्कुलमा विद्यार्थी नेतृत्व विकास कार्यक्रम, जिम्मेवारीसहित ब्याच वितरण
राष्ट्रिय

सगरमाथा स्कुलमा विद्यार्थी नेतृत्व विकास कार्यक्रम, जिम्मेवारीसहित ब्याच वितरण

प्रकाशित : २०८० बैशाख १२,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद