Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

विद्यार्थी भर्ना अभियान अन्तर्गत घरदैलो कार्यक्रम सम्पन्न ।

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख ११,सोमबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । विद्यार्थी भर्ना अभियान अन्तर्गत आज घरदैलो कार्यक्रम पटेर्वासुगौलीमा सम्पन्न भएको छ । श्री गादिमाई आधारभूत विद्यालय पटेर्वासुगौली गाउँपालिका वडा नं.३ पश्चिम देकुली, पर्सा बाट शिक्षक÷अभिभावक र विद्यालय व्यवस्थापन समितिको पदाधिकारीद्वारा अभिभावकको घर–घरमा गई ३५ जना बालबालिकालाई स्कुलमा भर्ना गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष निलम देवी चौधरीले बताउनुभयो ।

शिक्षाबाट वन्चित रहेका, विद्यालयमा नाम दर्ता नभएको र विद्यालय पढने उमेरका दलित, आदिवासी, मुस्लिम अन्य गरी ३५ जनालाई स्कुल भर्ना गरिएको हो । विशेष गरी गरिवीको कारण विद्यालय पढ्ने उमेर समूहका बालबालिका गाईवस्तु चराउने, बाख्रा चराउने, घाँस काट्न जाने÷खेतमा काम गर्ने आमा/वुवा लाई खाना लिएर खेतमा जाने गरेको साथै आर्थिक अभावले कापी/कलम/विद्यालय पोशाक कपडा, ब्याग झोला जस्ता सामग्रीको कारणले बालबालिका विद्यालय जान नसकेको अनुसन्धानमा देखिएको विद्यालयका सहायक प्रधानाध्यापक चन्द्रकली देवीले बताउनुभयो ।

उहाँका अनुसार पालिकाले गरिव जेहेन्दार विपन्न बालबालिकालाई छुट्टै प्रकारको सुविधाको प्रदान गरियो भने विद्यालयमा छात्राछात्र नियमित आउने छन् । कार्यक्रममा बोल्दै गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवले आजको आवश्यकता सबैलाई शिक्षा भएकोले शिक्षकको साथसाथै अभिभावकहरु पनी जिम्मेवार हुन जरुरी रहेको बताउनुभयो ।

प्राथमिक तहमा वालबालिका अबोध हुने भएकाले र शिक्षामा उनीहरुको आकर्षण बढाउन स्कुलमा मात्रै नभई अभिभावकले आ–आफना वालवालिकालाई घरमा अध्ययन गराउनुपर्नेमा उहाँको जोड छ । वडा नं.३ का वडाध्यक्ष माधव प्रसाद राउत थारुको अध्यक्षतामा कार्यक्रम सम्पन भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८० बैशाख ११,सोमबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८० बैशाख ११,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद