Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज चिनी कारखाना सन्चालनमा ल्याउन उद्योगमन्त्री रिजालसंग पर्साका किसानहरुको माग

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख ७,बिहीबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, ०७ बैशाख । पर्साका किसानहरुले दुई दशकदेखि बन्द रहेको वीरगन्ज चिनी कारखाना सन्चालनका लागि उद्योग,वाणिज्त तथा आपुर्तिमन्त्री रमेश रिजालासंग माग गरेका छन् ।

मन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला आएका उद्योगमन्त्री रिजाललाई वीरगन्जमै भेटेर जिल्लाका अगुवा किसानहरुले वीरगन्ज चिनी कारखाना सन्चालनको माग गर्दै ज्ञापनपत्रपनि बुझाएका छन् ।

कृषक हकहित संघर्ष समिति पर्साका अध्यक्ष शहरुम राउत गद्धी र उखु उत्पादक किसान संघ पर्साका अध्यक्ष असर्फी साहको नेतृत्वमा वीरगन्ज आएका किसानहरुले मन्त्री रिजाललाई ज्ञापनपत्र बुझाएका हुन् ।

तीन जिल्लाका किसानको उखु खरिद गर्दै आएको र हजारौंलाई रोजगारी दिदै आएको चिनी कारखाना २० वर्षदेखि बन्द रहदा किसानहरु मारमा परेको र जिल्लामा बेरोजगारीपनि बढेकोले उक्त कारखाना सन्चालन गर्न अगुवा किसानहरुले मन्त्री रिजालसंग आग्रह गरेका छन् ।

बन्द चिनी कारखाना सन्चालनमा आए जिल्लाका किसानहरुको खुशीको दिन फेरि फर्किने र हजारौं बेरोजगारले रोजगारी पनि पाउने भएकाले यसका लागि गम्भिरताकासाथ पहल गरिदिन उनिहरुले मन्त्री रिजाललाई आग्रह गरे ।

२० वर्षदेखि बन्द रहदाँ कारखानाका भौतिक संरचनाहरु जीर्ण हुदै गएको र त्यहा रहेका उपकरण लगायतका अन्य सम्पतिहरु चोरीपनि भइरहेकाले त्यसको संरक्षणका लागि पनि उनिहरुले मन्त्री रिजाललाई आग्रह गरे ।

पर्सा जिल्लाले पहिलोपटक उद्योगमन्त्री पाउँदा जिल्लाका किसानहरु निक्कै उत्साहित भएको भन्दै किसान हकहित संघर्ष समितिका अध्यक्ष गद्धीले भने,‘ अरुसमय अरु जिल्लाका उद्योगमन्त्री बन्थे , उनिहरुले खासै चासो देखाएनन् , अब त आफनै जिल्लाका सांसद रिजाल उद्योगमन्त्री बन्नु भएको छ , यसले चिनी कारखाना अब चल्छ भन्ने आश किसानहरुमा पलाएको छ ।

ज्ञापनपत्र बुझदै उद्योगमन्त्री रिजालले चिनी कारखाना सन्चालनका लागि आफनो तर्फबाट सक्दो पहल हुने प्रतिक्रिया दिए । उनले भने,‘ चुनौती त छ तर म पनि चाहन्छु मेरो आफनै जिल्लाको कारखाना जसरी पनि चलाउनुपर्छ , यसका लागि विज्ञहरुसंग छलफल गरेर आवश्यक प्रकृया अगाडि बढाउछु ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८० बैशाख ७,बिहीबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८० बैशाख ७,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद