Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home अन्तराष्ट्रिय

नेपाल र भारतका निजी कम्पनीबीच २ सय मेगावाट विद्युत् व्यापार गर्ने सम्झौता

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख ५,मंगलवार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — नेपाल र भारतका निजी जलविद्युत् व्यवसायिक कम्पनीबीच विद्युत् व्यापार सम्झौता भएको छ । अन्तरदेशीय विद्युत् व्यापार गर्ने उद्देश्यले स्थापना भएको नेपाल पावर एक्सचेञ्ज कम्पनी र भारतको स्टिलमिन्ट इण्डिया कम्पनीबीच सम्झौता भएको हो ।

मंगलबारबाट सुरु भएको ऊर्जा सम्मेलन २०२३ मा नेपाल तथा भारतका निजी ऊर्जा कम्पनीहरूले विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता गरेका हुन् । जारी सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा नेपाल पावर एक्सचेञ्ज कम्पनीको तर्फबाट स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्य र स्टिलमिन्टको तर्फबाट महाप्रबन्धक क्षितिज पाण्डेले हस्ताक्षर गरे । २ सय मेगावाट विद्युत् व्यापारका लागि मणिकरण पावर कम्पनीसँग समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको नेपाल पावर एक्सचेञ्ज कम्पनीका निर्देशक उत्तम ब्लोन लामाले जानकारी दिए ।

त्यस्तै सम्मेलनमा भारतको मणिकरण र नेपालको बिजबेल इनर्जी कम्पनीबीच विद्युत् खरिदसम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर भएको छ । सो समझदारीअनुसार बिजबेल इनर्जीले हुम्लामा निर्माण गरिरहेको १०३.५ मेगावाट क्षमताको चुवा खोला आयोजनाबाट उत्पादन हुने विद्युत् भारतीय कम्पनी मणिकरणले खरिद गर्नेछ । यो समझदारीअनुसार नेपाल पावर एक्सचेञ्ज कम्पनीले विद्युत् खरिद कम्पनी मणिकरण र बिक्री गर्ने कम्पनी बिजबेलबीच खरिदबिक्रीको लागि मध्यस्थताका रुपमा काम गर्नेछ ।

मणिकरणले कसुवा खोला जलविद्युत् आयोजनासँग पनि समझदारी गरेको छ । जसअनुसार संखुवासभामा रहेको ४५ मेगावाट क्षमताको कसुवा खोला जलविद्युत् आयोजनाले उत्पादन गर्ने थप विद्युत् मणिकरणले खरिद गर्नेछ । कसुवा खोलाले यसअघि नै नेपाल विद्युत् प्राधिकरणलाई ४५ मेगावाट विद्युत् बिक्री गर्ने सम्झैता गरिसकेको छ । तर, सरकारले नीतिगत रुपमा ‘क्यू’ घटाएर २५ सम्म ल्याउन सक्ने र विद्युत् उत्पादन क्षमता क्षमता बढाउन सक्ने व्यवस्था गरेपछि आयोजनाले क्षमता वृद्धि गरेर ८५ मेगावाटसम्म उत्पादन गर्ने योजना बनाएको छ ।

यसअनुसार विद्युत् प्राधिकरणसँग भएको सम्झौताभन्दा बढी परिमाणको कसुवा खोलाको विद्युत् मणिकरणलाई बिक्री गरिनेछ । मणिकरणले कसुवाखोला जलविद्युत् आयोजनाबाट प्राप्त हुने विद्युत्‌लाई दीर्घकालीन रुपमा भारतमा खपत गर्नको लागि भूमिका खेल्नेछ । त्यस्तै, यो कामको लागि नेपाल पावर एक्सचेञ्ज कम्पनीले खरिदकर्ता र बिक्रीकर्ताबीच मध्यस्थताको रुपमा भूमिका खेल्नेछ । यसैगरी, सम्मेलनमा फिफ्टीहर्ज प्राइभेट र ग्रीण रिसोर्सेज कम्पनीबीच पनि सम्झौता भएको छ । यी दुई कम्पनीले संयुक्त उपक्रम (ज्वाइन्ट भेञ्चर) को रुपमा हरित ऊर्जाका विभिन्न क्षेत्रमा आउने समस्या समाधानका लागि काम गर्नेछन् । साभार : कान्तिपुर 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बारामा चिनियाँ नागरिकसहित तीन जना विवाह प्रयोजनका क्रममा पक्राउ
अन्तराष्ट्रिय

बारामा चिनियाँ नागरिकसहित तीन जना विवाह प्रयोजनका क्रममा पक्राउ

प्रकाशित : २०८० बैशाख ५,मंगलवार
रक्सौलमा ‘सप्तशक्ति संगम’ कार्यक्रम सम्पन्न – महिलामा आत्मविश्वास र नेतृत्व विकासमा जोड
अन्तराष्ट्रिय

रक्सौलमा ‘सप्तशक्ति संगम’ कार्यक्रम सम्पन्न – महिलामा आत्मविश्वास र नेतृत्व विकासमा जोड

प्रकाशित : २०८० बैशाख ५,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद