Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जको भिस्वा डाँडामा एक करोडको लागतमा निर्माण हुने अतिथि गृह भवनको शिलान्यास

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख ५,मंगलवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, ०५ बैशाख । वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ मा रहेको बौद्ध धर्मावलम्वीहरुको धार्मिक पर्यटकीय स्थल भिस्वा डाँडामा अतिथि गृह भवन निर्माणको मंगलबार शिलान्यास गरिएको छ ।

भिस्वालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि डीपीआर समेत तयार गरेर अतिथि गृह भवनको शिलान्यास गरिएको हो ।

भवन निर्माणको मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत र मधेस विश्व विद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक शाक्यले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । भिस्वा डाँडालाई पर्यटकीय स्थलको रुपमा विकास गर्न पूर्वाधार संरचना निर्माणका लागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार २२ करोड रुपैया लाग्ने मधेस विश्व विद्यालयका उपकुलपति डाक्टर शाक्यले बताए ।

भिस्वामा अतिथि गृह भवन प्रदेश सरकारले छुट्याएको एक करोड रुपैंया बजेटबाट निर्माण गरिने छ । अन्य पूर्वाधार संरचनाका लागि वीरगन्ज महानगरपालिकाले पनि बजेट छुट्याएको छ । भिस्वा डाँडाको पूर्वाधार संरचना निर्माणका लागि वीरगन्ज महानगरपालिकाले चालू आर्थिक बर्षमा एक करोड रुपैंया बजेट छुट्याएको प्राध्यापक डाक्टर शाक्यले बताए ।

भवन निर्माण स्थलको शिलान्यास कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह ,प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, वडा नम्बर १५ का वडाध्यक्ष रमेश यादव, बौद्ध सेवा समितिका पदाधिकारी लगायत स्थानीयको समेत उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० बैशाख ५,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० बैशाख ५,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद