Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा प्रहरीद्वारा प्रतिबन्धित लागुऔषध चरेस र गाँजा सहित ४ जना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २६,आईतवार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्सामा आइतबार प्रहरीले प्रतिबन्धित लागु औषध चरेस र गाजा सहित ४ जनालाई पक्राउ गरेको छ ।

पटेर्वा सुगौली गाउँपालिका वडा नंबर ५ देवरीयामा प्रदेशी राउत थारुको घरमा आइतबार साँझ प्रहरीले छापा मारेर चरेस र गाँजा सहित तीन जनालाई पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।

प्रहरी निरीक्षकद्वय आशुतोष शाही र प्रज्वल थपलियाको नेतृत्वको टोलीले आइतबार साँझ साढे ४ बजे थारुको घरमा छापमा मारेर खान तलाशी गर्दा लुकाएर भण्डारण गरि राखिएको १ सय १८ केजी चरेस र ४ केजी गाँजा बरामद गरेको शाहले बताए । चरेस र गाँजाको कारोबारमा संलग्न घरधनी ६० वर्षिय थारु , मकवानपुरको मकवानपुर रक्सीराङ गाँउपालिका वडा नंबर ८ का ३८ वर्षिय रमेश मोक्तान र मकवानपुरकै मनहरी गाँउपालिका वडा नंबर ६ का २५ वर्षिय रोशन मोक्तानलाई पक्राउ पनि गरिएको शाहले जानकारी दिए ।

यस्तै आइतबार नै दिउँसो पर्साको ठोरी गाँउपालिका वडा नंबर २ हनुमानगरबाट पनि गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको लोथरका ५७ वर्षिय रामबहादुर तमाङ रहेका छतन् । उनलाई लागु औषध गाजाँ ६१ केजी सहित पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए ।

गिरिका अनुसार , ईलाका प्रहरी कार्यालय ठोरीबाट प्रहरी निरीक्षक शंकर श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले ठोरीको ढडु खोलाको बाटो हुदै पैदल भारत तर्फ जादै गरेका तमाङलाई प्रहरीले रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा तमाङले बोकेको सेतो रङको बोराबाट ६१ केजी गाँजा बरामद भएको गिरिले बताए ।

लागु औषध चरेस र गाँजा सहित पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरिले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ चैत्र २६,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ चैत्र २६,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद