Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

गरिबसँग मेयर, विद्युत महसुल भुक्तानीको ९ हजार बढीले लिए लाभ  

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २६,आईतवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले ३० युनिटसम्म बिजुली खपत गर्ने प्रयोगकर्ताको महशुल भुक्तानी गरिदिएपछि ९ हजार भन्दा बढी परिवार लाभान्वित भएका छन् ।

गएको माघ महिनाबाट महानगरभित्र बसोबास गर्ने विपन्न वर्गलाई सहुलियत दिन घरेलु मिटर प्रयोगकर्ताको ३० युनिटसम्मको विद्युत महशुल महानगरबाटै भुक्तानी हुन थालेपछि उनीहरु लाभान्वित भएका हुन् ।

माघ महिनामा ३ हजार ७ सय ६२ परिवारले ३० युनिटसम्मको विद्युत महशुल भुक्तानीको लाभ लिएका छन् । फागुनमा भने त्यो संख्या बढेर ५ हजार ३ सय ११ घरपरिवारले यस्तो लाभ लिएको विद्युत प्राधिकरणले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

प्राधिकरण वीरगञ्ज वितरण केन्द्र र सिमरा वितरण केन्द्रबाट ग्राहस्थ (घरेलु) मिटरमा ५ र १५ एम्पीआरको एमसीबी प्रयोग गरी अधिकतम ३० युनिट खपत गर्ने ग्राहकको भुक्तानी महानगरले तिरिदिएको हो ।

कृषि (सिँचाइ)मा लाग्ने विद्युतको सम्पूर्ण शुल्क भुक्तानीको दायित्व पनि महानगरले नै लिएको छ । अहिलेसम्म ६४ कृषि मिटरको ३५ हजार २७० रुपैयाँ भुक्तानी पनि महानगरले चुक्ता गरिदिएको छ ।

माघ महिनामा २५ वटा कृषि मिटरको शुल्क भुक्तानी भएकोमा फागुनमा त्यो बढेर ३९ वटा पुगेको छ । सिमरा वितरण केन्द्रबाट १ वटा कृषि मिटर प्रयोगकर्ताले लाभ लिएका छन् । कृषकहरूको उत्पादन क्षमता वृद्धि गर्दै उनीहरूलाई प्रोत्साहन गर्न कृषि मिटरमा लाग्दै आएको शुल्क पूर्ण रुपमा महानगरले नै तिरिदिएको हो ।

चुनावका बेला गरिएको प्रतिबद्धता बमोजिम नै निर्वाचित भएर पदभार ग्रहण गरेकै दिन महानगरप्रमुख राजेशमान सिंहले महानगरका वासिन्दाले प्रयोग गर्ने विद्युतको न्यूनतम शुल्क व्यहोर्ने निर्णय गराउनुभएको थियो ।

लाभग्राही पहिचान र तथ्याङ्क सङ्कलन गर्न समय लागेकाले आर्थिक वर्षको सुरुवात बाटै लागु गर्ने भनिएकोमा केही ढिला हुन पुगेको महानगरप्रमुख सिंहले बताउनुभयो ।

महानगरले गएको पुष ७ गते प्राधिकरणको वीरगञ्ज र सिमरा वितरण केन्द्रसँग न्यूनतम ३० युनिट विद्युत शुल्क मिनाहा गर्ने सम्झौता गरेको थियो । त्यही सम्झौता बमोजिम अहिले ३० युनिटसम्मको शुल्क मिनाहा हुनुका साथै कृषि मिटरमा लाग्दै आएको शुल्क पनि पूर्ण रुपमा मिनाहा भएको हो ।

माघ महिनामा भन्दा फागुनमा बढी प्रयोगकर्ता देखिएका छन् । सम्झौता अनुसार पुरानो बक्यौता बुझाएकाले मात्रै यो मिनाहामा सहभागी हुन पाउने छन् । त्यसैले मिनाहाको लाभ लिन पनि बक्यौता बुझाउनेको संख्या बृद्धि हुँदा मिनाहा हुने मिटरको संख्या बढेको वीरगञ्ज वितरण केन्द्रका लेखापाल राजेश झाले बताउनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०७९ चैत्र २६,आईतवार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०७९ चैत्र २६,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद