Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

रामजानकी मन्दिरको अतिक्रमण हटाउन आइतबार पनि डोजर चल्यो

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २६,आईतवार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, २५ चैत । वीरगञ्जको घडिअर्वा स्थित ऐतिहासिक रामजानकी मन्दिरको प्रवेशद्वार नै थुनेर अतिक्रमण गरी बनाइएको संरचनामा आज पनि डोजर लगाइएको छ ।

महानगरपालिकाको वडा नम्वर १० घडिअर्वा पोखरीको मूलद्वार सामुन्ने रहेको मन्दिरमा भएको अतिक्रमण हिजोबाट डोजर लगाएर हटाउन थालिएकोमा आज पूर्ण रुपमा हटाइएकोे हो ।

आफू मन्दिरको पुजारी हुँ भन्दै शम्भुनाथ तिवारीले महानगर विरुद्ध मन्दिर अतिक्रमण तथा तोडफोड गर्न नदिन माग गर्दै उच्च अदालत अस्थायी इजलाश वीरगन्जमा रिट दिएका थिए । तर उक्त रिट अदालतबाट अस्वीकार भएसँगै शनिबार महानगरपालिकाले कथित पुजारी तिवारीले मन्दिर नै बन्धक बनाउने गरि निर्माण गरेको पक्की संरचनामा डोजर लगाएर भत्काउन थालेको हो ।

गत फागुन ४ गते पुजारी तिवारीकै पक्षमा जारी भएको अन्तरिम आदेश खारेजीको माग गर्दै महानगरपालिकाले अदालतमा निवेदन दिएकोमा शुक्रबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र शान्ता सेढाई सापकोटाको संयुक्त इजलासले महानगरकै पक्षमा आदेश दिएसँगै मन्दिरलाई बन्धक बनाएर गरिएको अतिक्रमण हटाइएको हो ।

विक्रम संवत १९८२ सालदेखि नै रामजानकी मन्दिरको नाममा रहेको उक्त जग्गामा पुजारी तिवारीले वित ३० वर्षदेखि मन्दिर नै बन्धक हुने गरी अतिक्रमण गरेर तीनै तर्फ पक्की संरचना बनाएर सटर भाडामा लगाएका थिए ।

मन्दिरमा भएको अतिक्रमण हटाउन शनिबार महानगरका मेयर राजेशमान सिंह आफै डोजर लिएर पुग्नु भएको थियो ।

हिजो मन्दिरको उत्तर तर्फको संरचना हटाइएकोमा आज पूर्वतर्फको संरचना पनि हटाइएको महानगरपालिकाका प्रशासन प्रमुख राजकृष्ण ताम्राकारले जानकारी दिनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजका एमबीबीएस विद्यार्थीद्वारा अन्तर्राष्ट्रिय स्तरको ईएनटी पाठ्यपुस्तकमा सुधारको सुझाव, लेखकबाट धन्यवाद तथा आगामी संस्करणमा सच्याउने प्रतिबद्धता
मुख्य समाचार

नेशनल मेडिकल कलेजका एमबीबीएस विद्यार्थीद्वारा अन्तर्राष्ट्रिय स्तरको ईएनटी पाठ्यपुस्तकमा सुधारको सुझाव, लेखकबाट धन्यवाद तथा आगामी संस्करणमा सच्याउने प्रतिबद्धता

प्रकाशित : २०७९ चैत्र २६,आईतवार
एपेक्स म्यानेजमेन्ट कलेजको बीबीएमा उद्योग–मैत्री सिकाइलाई प्राथमिकता
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजको बीबीएमा उद्योग–मैत्री सिकाइलाई प्राथमिकता

प्रकाशित : २०७९ चैत्र २६,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद