Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

महानगरले फोहोर थुपारेपछि दबाबमा आएको टेलिकमले थाल्यो सडक र फुटपाथ मर्मतको काम 

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २२,बुधबार
A A
3
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,२२चैत । वीरगन्ज महानगरपालिकाले मंगलबार फोहोर लगेर कार्यालयमै थुपारि दिएपछि दबाबमा आएको नेपाल टेलिकमले खनेर अलपत्र छाडिएका सडक र फुटपाथ बुधबार देखि मर्मत गर्न शुरु गरेको छ ।

वीरगन्जको बाइपास सडकमा अप्टिकल फाइबर तार बिछयाउने क्रममा टेलिकमले कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंदेखि अलपत्र छाडेको आक्रोशमा मंगलबार बिहान महानगरपालिकाले शहरबाट संकलित ७ ट्याक्टर mmोहोर श्रीपुर स्थित टेलिकमको प्रादेशीक निर्देशनालय कार्यालय परिसर भित्रै लगेर फालि दिएको थियो ।

महानगरको उक्त कदमपछि दबाबमा परेको टेलिकमले खनेर छाडिएका सडक र फुटपाथ बुधबार बिहानै देखि मर्मत गर्न थालेको वीरगन्जका मेयर राजेशमान सिंहले बताए ।

मंगलबार बिहान टेलिकम परिसरमा महानगरले फोहोर थुपारेर सांकेतिक विरोध जनाएपछि मंगलबार नै बेलुकी टेलिक प्रादेशीक कार्यालयका प्रमुख अनन्त प्रकाश मल्ल्किले महानगरको कार्यालयमै पुगेर सडक र फुटपाथको बाँकी रहेको मर्मत कार्य चैत २७ भित्रै पुरा गर्ने लिखित प्रतिबद्धता जनाएका थिए ।

मल्लिका अनुसार , बाइपास सडकखण्ड अन्तर्गत गण्डक चोकदेखि रजतजयन्ति चोकसम्मको क्षेत्रमा ३ सय मिटरको मात्रै फुटपाथ मर्मत गर्न बाँकी रहेको छ । उक्त कार्य चैत २७ भित्र सक्ने गरि मर्मतको ठेक्का सकारेको पाइनस÷बनके जेभी कन्ट्रक्सनले लिखित रुपमा प्रतिबद्धता जनाएको जानकारी पनि मल्लिकले महानगरपालिकाको कार्यालयलाई गराएका छन् ।

त्यहि प्रतिबद्धता अनुसार रोकिएको मर्मत कार्य बुधबार बिहानैदेखि सुरु पनि गरिसकिएको मल्लिकले बताए ।

टेलिकमले सडक र फुटपाथ मर्मतको काम सुरुगरेपछि टेलिकम परिसरभित्र थुपारेको फोहोर पनि महानगरले बुधबार बिहानै देखि हटाएको मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिए ।

टेलिकमले अप्टिकल फाइबार ओछ्याउने क्रममा बाइपास सडकखण्डको कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंदेखि अलपत्र छाडेको थियो । खनिएका सडक र फुटपाथ मर्मतका लागि पटक पटक आग्रह गर्दा पनि अटेरी गरेपछि बाध्य भएर मंगलबार बिहान टेलिकम परिसरमा कचरा सहितको फोहोर फाल्नु परेको घिमिरेले बताएका थिए ।

घिमिरेका अनुसार , गत फागुन ३ गते प्रमुख जिल्ला अधिकारीकै उपस्थितीमा बसेको सरोकारवाला निकायहरुको बैठकमा टेलिकमले खनिएका सडक र फुटपाथ फागुन मसान्त भित्रै मर्मत गरिसक्ने लिखित सहमति गरेको थियो । उक्त सहमति कार्यान्वयनका लागि महानगरपालिकाले टेलिकमलाई पटक पटक आग्रह गर्दै आएपनि टेलिकमले अटेरी गरेको घिमिरेले बताएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजका एमबीबीएस विद्यार्थीद्वारा अन्तर्राष्ट्रिय स्तरको ईएनटी पाठ्यपुस्तकमा सुधारको सुझाव, लेखकबाट धन्यवाद तथा आगामी संस्करणमा सच्याउने प्रतिबद्धता
मुख्य समाचार

नेशनल मेडिकल कलेजका एमबीबीएस विद्यार्थीद्वारा अन्तर्राष्ट्रिय स्तरको ईएनटी पाठ्यपुस्तकमा सुधारको सुझाव, लेखकबाट धन्यवाद तथा आगामी संस्करणमा सच्याउने प्रतिबद्धता

प्रकाशित : २०७९ चैत्र २२,बुधबार
एपेक्स म्यानेजमेन्ट कलेजको बीबीएमा उद्योग–मैत्री सिकाइलाई प्राथमिकता
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजको बीबीएमा उद्योग–मैत्री सिकाइलाई प्राथमिकता

प्रकाशित : २०७९ चैत्र २२,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद