Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

आइपिएलमा आज दिल्ली र गुजरात भिड्दै, यस्तो छ दुवैको सम्भावित–११

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २१,मंगलवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

भारतमा जारी १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज दिल्ली क्यापिटल्स र गत संस्करण विजेता गुजरात टाइटन्स खेल्दैछन् । यी दुई टोलीबीचको खेल राति ७ः४५ देखि दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा सुरु हुनेछ ।

जारी सिजनमा गुजरात लगातार दोस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई ५ विकेटले हराएको थियो । ऊ दिल्लीविरुद्ध पनि जित निकाल्दै लय कायमै राख्न चाहन्छ ।

डेविड वार्नर नेतृत्वको दिल्ली भने पहिलो जितको खोजीमा छ । ऊ पहिलो खेलमा लखनउ सुपर जायन्ट्ससँग ५० रनले पराजित भएको थियो । दिल्ली आज घरेलु मैदानमा गुजरातलाई हराउँदै उत्कृष्ट पुनरागमन गर्न चाहन्छ ।

हालसम्म दिल्ली र गुजरातले एक खेलमा मात्र एकअर्काको सामना गरेका छन् । गत सिजनमा भएको खेलमा गुजरातले दिल्लीलाई १४ रनले हराएको थियो । यसपालि गुजरातविरुद्ध दिल्ली गएको संस्करणको हारको बदला लिन चाहन्छ ।

दिल्लीको सम्भावित–११ : पृथ्वी शा, डेविड वार्नर (कप्तान), मिचेल मार्श, सरफराज खान (विकेटकिपर), रोभम्यान पावेल, ललित यादव, अक्षर पटेल, खलिल अहमद, कुलदीप यादव, एनरिक नोर्टजे र चेतन साकरिया ।

गुजरातको सम्भावित–११ : शुभमन गिल, ऋद्धिमान साह (विकेटपिकर) हार्दिक पाण्ड्या (कप्तान), डेविड मिलर, विजय शंकर, राहुल तेवटिया, राशिद खान, अल्जारी जोसेफ, जोस लिटिल, मोहम्मद शामी र यश दयाल ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्जमा बिन्दवासिनी माई टी–२० क्रिकेट प्रतियोगिता सुरु
खेलकुद

वीरगञ्जमा बिन्दवासिनी माई टी–२० क्रिकेट प्रतियोगिता सुरु

प्रकाशित : २०७९ चैत्र २१,मंगलवार
पर्सामा जेठ ८ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
खेलकुद

पर्सामा जेठ ८ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

प्रकाशित : २०७९ चैत्र २१,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद