Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home अन्तराष्ट्रिय

सिद्धु १० महिनापछि कैदमुक्त, किन गएका थिए जेल?

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र १९,आईतवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

नयाँ दिल्ली । कांग्रेस नेता तथा पूर्व क्रिकेटर नवजोत सिंह सिद्धु तीन दशक पुरानो रोड रेज मुद्दामा १० महिनाको सजायपछि शनिबार पटियाला जेलबाट रिहा भएका छन्।

जेलबाट बाहिर आएपछि सिद्धुले पत्रकारहरूसँग भने, ‘सरकारसँग सत्य सुन्न सक्ने शक्ति छैन। उनीहरूले सत्यको आवाज सुन्न नै चाहँदैनन् । सायद यही कारणले गर्दा उनीहरूले मलाई बिहान साढे १२ बजे छाड्ने भनेर अहिले छाडे ताकी सबै मिडियाकर्मी गइसकेका हुनेछन्। यो देशमा जहिले तानाशाही आयो, एक क्रान्ति पनि आयो र आजको क्रान्तिको नाम राहुल गान्धी हो।’

गत वर्ष सर्वोच्च अदालतले नवजोत सिंह सिद्धुलाई एक वर्षको जेल सजाय सुनाएको थियो ।

पीडित परिवारले सिद्धुलाई सफाइ दिने सर्वोच्च अदालतको २०१८ को निर्णयविरुद्ध अपील दायर गरेको थियो।

२०१८ को आफ्नो निर्णयमा, सर्वोच्च अदालतले नवजोत सिंह सिद्धुलाई गैरु इरादापूर्ण हत्याको आरोपबाट मुक्त गर्दै तीन वर्षको सजायलाई एक हजार रुपैयाँ जरिवानामा परिणत गरेको थियो।

सिद्धुमाथि पटियालामा पार्किङको विषयमा विवाद भएपछि २६ डिसेम्बर १९८८ मा ६५ वर्षीय गुरनाम सिंहमाथि आक्रमण गरेको आरोप लागेको थियो। आक्रमणमा परी घाइते भएका गुरनाम सिंहको मृत्यु भएको थियो । बिबिसी 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

रवि लामिछानेका सवारी चालकको उपचारका क्रममा मृत्यु
अन्तराष्ट्रिय

रारा घुम्न आएकी पर्यटकको मृत्यु

प्रकाशित : २०७९ चैत्र १९,आईतवार
बारामा चिनियाँ नागरिकसहित तीन जना विवाह प्रयोजनका क्रममा पक्राउ
अन्तराष्ट्रिय

बारामा चिनियाँ नागरिकसहित तीन जना विवाह प्रयोजनका क्रममा पक्राउ

प्रकाशित : २०७९ चैत्र १९,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद