Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

वीरगन्ज नर्सिङ्ग क्याम्पसका नवनिर्वाचित सभापति चौधरीलाई ५१ किलोको मालाले सम्मान

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र ११,शनिबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,११ चैत । वीरगन्ज नर्सिङ्ग क्याम्पसका नवनिर्वाचित स्ववियु सभापति मनिषा चौधरीलाई ५१ किलो मालाले सम्मान गरीएको छ ।

शनिबार होटल कुमु प्यालेशमा आयोजित कार्यक्रममा अनेरास्ववियु पर्सा जिल्ला कमिटिले उनलाई ५१ किलोको मालाले सम्मान गरेको हो ।

स्ववियु सभापति चौधरीलाई नेकपा एमालेका केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य प्रभु हाजरा ,नेकपा एमालेका केन्द्रिय सदस्य अरविन्द सिंह र वीरगन्ज महानगरपालिका २० का वडा अध्यक्ष रामकिशोर सिंह परागले माला लगाएर सम्मान गरेका थिए ।

वीरगन्ज नर्सिङ क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियु नेतृत्वले जित हासिल गरेको छ । गत ५ चैत ५ मा सम्पन्न भएको स्ववियु निर्वाचनमा अनेरास्ववियुका स्ववियु सभापतिमा मनीषा चौधरी ९१ मतसहित विजयी हुँदा उनकी निकटतम प्रतिस्पर्धी नेविसंघकी यामिनी खड्काले ६३ मत पाएकी थिईन् ।

सचिवमा पनि अनेरास्ववियुकै सृष्टि तिमिल्सिना र कोषाध्यक्षमा अर्चना गुप्ता विजयी भएकी छन ।

त्यसैगरी, सदस्यहरूमा अनेरास्ववियुकै विवेक रनावत र मुन्ना श्रेष्ठ तथा नेविसंघकी स्मृति थापा विजयी भए ।

समानुपातिक सदस्यमा अनेरास्ववियुकै सदीक्षा शाही, दीपशिखा केसी र शिक्षा खनाल चयन भएका छन् । यसअघिको ०७३ सालको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघले प्यानल सहित विजयी भएको थियो ।

अनेरास्ववियु पर्साका अध्यक्ष रेयाज अंसारीको अध्यक्ष्तामा भएको सम्मान कार्यक्रममा एमाले पर्साका संयोजक डा. विश्म्भर शर्मा ,अनेरास्ववियुका केन्द्रिय सचिव अन्जना शिवाकोटी , नेपाल खेलकुद महासंघका केन्द्रिय सचिव शीवजी गुप्ता , जिल्ला सचिव सन्दीप बस्नेत , नेता राजाबाबु रौनीयार ,अनिल हजरा ,महिला नेतृ रिंकु साह ,अनेरास्ववियु पर्साका सचिव पवन यादव , अनेरास्ववियु महानगर अध्यक्ष आसीफ अहमद , वीरगन्ज नर्सिङ्ग क्याम्पसका अनेरास्ववियु अध्यक्ष मालती बस्नेत लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ चैत्र ११,शनिबार
हिन्दु पत्रकार संघ पर्सामा गठन, अध्यक्षमा रौनियार
धर्म

हिन्दु पत्रकार संघ पर्सामा गठन, अध्यक्षमा रौनियार

प्रकाशित : २०७९ चैत्र ११,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद