Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

जगदम्बा स्टिल १३ औ जीतपुरसिमरा गोल्डकप विहीबारदेखि शुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र ९,बिहीबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

मौफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता जगदम्बा स्टिल १३ औ जीतपुरसिमरा गोल्डकप विहीबार देखि शुरु भएको छ । नव जनजागृती युवा क्लब सिमराको आयोजनामा सिमरा रंगशालामा प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगिताको एक कार्यक्रमकाबिच बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य कृष्ण कुमार श्रेष्ठ किशानले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य श्रेष्ठले सिमरा रंगशालाको विकास गर्न आफु प्रतिवद्ध रहेको बताउनुभएको छ । पुर्व मन्त्री समेत रहनुभएका श्रेष्ठले यस क्ष्ँेत्रको विकासमा जीतपुरसिमरा गोल्डकपले ठुलो भुमिका खेलेको बताउनुभयो ।
श्रेष्ठले यस क्ष्ँेत्रको समग्र विकासमा आफुले नेतृत्व गर्न पाउदा खुशी भएको भन्दै सिमरा रंगशालाको क्षमता विकासमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष दावा लामाले खेलको विकासमा आयोजकले खेलेको भुमिकाको प्रशंसा गर्नुभयो । बारा क्षेत्र नम्बर ४ क का प्रदेशसभा सदस्य देव नारायण चौधरीले सिमरा रंगशालाको स्तरउन्नतीको निम्ति सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले खेल र खेलाडीको विकास गर्न नगर प्रतिवद्ध रहेको बताउनुभयो । कार्यक्रममा प्रतियोगिताको मुख्य प्रायोजक जगदम्बा स्टिल प्रा.लिका कर्पोरेट भिसी पिआर कृष्ण दत्त भट्ट, संविधानसभा सदस्य शोभाकर पराजुली, जीतपुरसिमरा उपमहानगरपालिकाका उप प्रमुख भोला प्रसाद अधिकारी, सहायक रथी श्री नं २८ का सानुकाजी थापा, कोल्हवी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरी, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटी, मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक संतोष भट्राई, समाजसेवी काशिम मिया लगायतको उपस्थिति रहेको थियो ।
नव जनजागृती युवा क्लब सिमराका अध्यक्ष रामचन्द्र लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रेस संयोजक सुनिल गाउलेले गर्नुभएको थियो । कार्यक्रममा क्लबका महासचिव शम्भुसिंह ठकुरीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । आजदेखि शुरु भएको प्रतियोगितामा १० वटा टिमको सहभागिता रहेको छ । चैत्र १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेताले नगद १० लाख रुपैया र उप बिजेताले नगद ५ लाख रुपैया पाउनेछन् । रात्रीकालिन समयमा फ्लड लाईटमा आयोजना भएको प्रतियोगितामा यसबर्ष फुड फेस्टिबलको आयोजना गरिएको छ । आयोजक क्लबसंगको सहकार्यमा होटल तथा पर्यटन व्यवसायी संघ बाराले फुडफेस्टिबलको आयोजना गरेको हो । फुड फेस्टिबलमा खानाका बिभिन्न परिकारका स्टल राखिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ चैत्र ९,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ चैत्र ९,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद