Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

भाटभटेनी सुपरमार्केटको २४ औं शाखा वीरगन्जमा सन्चालनमा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र ९,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,९चैत । भाटभटेनी सुपरमार्केटको २४ औं शाखा वीरगन्जमा सन्चालनमा आएको छ । भाटभटेनी सुपरमार्केट मधेस प्रदेशकै पहिलो स्टोरका रुपमा बिहीबार देखि भाटभटेनी सुपर मार्केट वीरगन्जमा सन्चालनमा आएको हो ।

भाटभटेनी सुपर मार्केटको २४ औं शाखा वीरगन्ज महानगरपालिका वडा नम्बर १४ बहुअरीमा बिहीबार देखि सन्चालनमा ल्याइएको भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङले जानकारी दिए । पर्सा , बारा जिल्लासंगै सीमावर्ती भारतीय शहरका उपभोक्तालार्ई पनि लक्षित गरी वीरगन्जमा भाटभटेनी सुपर मार्केटको देशकै सबै भन्दा ठूलो शाखा सन्चालनमा ल्याइएको गुरुङले बताए ।

अन्र्तराष्ट्रिय स्तरको सपिङ सेवा प्रदान गर्ने उद्देश्यले भाटभटेनी सुपर मार्केटको सेवा वीरगन्जमा पनि विस्तार गरिएको गुरुङले बताए । उनका अनुसार यसका साथै सिमावर्ती भारतीय शहरका उपभोक्तालाई पनि लक्षित गरि वीरगन्जमा २४ औं शाखा सन्चालनमा ल्याइएको बताए । यो स्तरको सुपर मार्केट भारतमा पनि छैन ,दक्षिण एशियाका अन्य देशमा पनि नरहेको उनले बताए।

गुरुङनले देशको मुख्य औद्योगिकतथा अर्थिक नगरि र मधेस प्रदेशको सबैभन्दा ठुलो शहर वीरगन्जबाट भाटभटेनी सुपरमार्केटको सेवा सुरु गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया पनि दिए । उनले,‘ हामीले अन्तराष्ट्रिय स्तरको स्टोरबाट स्थानीय जनतालाई सेवा दिने मात्रै होइन ,स्थानीय उत्पादन खरिद र बिक्री तथा स्वरोजगारलाई विशेष प्राथमिकता दिएका छौं , स्थानीय किसान,उद्यमी,व्यवसायी,उद्योगले उत्पादन गरेका सामग्री खरिद गर्नुका साथै स्थानीय जनशक्तिलाई रोजगार प्रदान गर्दै आएका छौं ।

अध्यक्ष गुरुङले आफुले केवल व्यपारका लागि नभइ सेवाभावले देशभर शाखा विस्तार गरिरहेको बताए । उनले भने,‘ वीरगन्जमा पनि म व्यपार गर्न आएको होइन् , यहाका उपभोक्ताले बजार मुल्य भन्दा केहि भएपनि सस्तोमा सामान पाउन् भनेर सेवाभावले पनि यो शाखा विस्तार गरेको हुँ ।

अहिले देशमै आर्थिक मन्दी चलिरहेको परिपेक्ष्यमा खस्कदो अर्थतन्त्रलाई उकास्न केहि भएपनि टेवा पुगोस् भनेर वीरगन्जमा सेवा विस्तार गरेको जिकिर पनि उनले गरे । गुरुङले भने,‘ अर्थतन्त्र खस्कियो, आर्थिक मन्दी भयो भनेर नीजी क्षेत्र सुतेर बस्ने होइन , आफनो तर्फबाट जेजति हुन्छ जोडबल गर्नुपर्छ ।

वीरगन्ज पछि अब आगामी अषाढमा मधेस प्रदेशकै राजधानी जनकपुरमा र त्यसलगत्तै भदौंमा विर्तामोडामा पनि सेवा विस्तार गर्ने तयारी रहेको जानकारी पनि उनले दिए ।

भाटभटेनी सुपर मार्केटका व्यवस्थापक विनोद भट्राईका अनुसार वीरगन्जमा सन्चालनमा ल्याइएको सुपर मार्केट स्टोरको भौतिक संरचना र सामान सहितको लागत २ अर्ब ५० करोड रुपैया रहेको छ ।

२ बिघा १० कठ्ठा क्षेत्रफल जग्गामा निर्मित सुपर मार्केट स्टोरमा २ लाख ५० हजार स्क्वायर फिटको सपिङ स्पेस रहेको छ भने सुपर मार्केट भवन ७ तल्ले छ । भट्टराइले भने ,‘ यो स्टोर अहिले सम्मका सबै स्टोरहरु मध्ये भवन तथा सपिङ स्पेसको हिसाबले सबै भन्दा ठुलो हो ।

उनले भाटभटेनीको सुपर मार्केटका सामान , बजारको भन्दा सस्तो मुल्यमा पाइने जिकिर पनि गरे । उननले भने,‘ वीरगन्जका उपभोक्ता सस्तोका लागि किनमेल गर्न प्राय सीमापारि रक्सौल बजार जान्छन् , ती उपभोक्तालाई नै लक्षित गरि हामीले वीरगन्ज बजारको भन्दा सस्तो मुल्यमा सामान उपलब्ध गराएका छौं ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ चैत्र ९,बिहीबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ चैत्र ९,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद