Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

अर्थतन्त्र चलायमान बनाउन महानगरले वीरगञ्जमै पहिलो पटक “रात्री बजार” लगाउँदै

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र ६,सोमबार
A A
3
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,०६ चैत । वीरगञ्ज महानगरपालिकाले वीरगञ्जमै पहिलो पटक “रात्री बजार” लगाउने तयारी गरेको छ ।

वीरगञ्जवासीको सपना साकार पार्न महानगरपालिकाका प्रमुख राजेशमान सिंहको संकल्प अनुरुप वीरगञ्जमै पहिलो पटक “रात्री बजार” लगाउन थालिएको हो ।

यही चैत ३० गते बेलुका देखि बैशाख २ गते मध्य रातिसम्म वीरगञ्जको आदर्शनगर चोक देखि पुरानो बसपार्कसम्म “रात्री बजार” लगाइने महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो ।

आर्थिक नगरी भनेर वीरगञ्जलाई चिनिने गरेको भए पनि वीरगञ्जको व्यवसाय साँझ नपर्दै बन्द हुने गरेको थियो ।

यहाँको आर्थतन्त्र चलायमान बनाउन र बजार अबेरसम्म संचालन हुने वातावरण बनाउन पनि परीक्षण स्वरुप नयाँ वर्षको अवसर पारेर तीन दिने रात्री बजार लगाउन जमर्को गरेको महानरप्रमुख सिंहले बताउनु भयो ।

‘व्यवसायीक रुपमा वीरगञ्जको पहिचान थप बढाउन र रोजगारको अवसर प्रदान गर्ने योजना सहित रात्री बजार लगाउन लागेका हौँ,’ उहाँले भन्नुभयो, ‘यसले बजार चलायमान बनाउने पनि विश्वास लिएका छौँ ।’

महानगरको आयोजनामा वीरगञ्जमै पहिलो पटक हुन लागेको “रात्री बजार” मा विभिन्न ठाउँका विशेष खानाका परिकार, लत्ताकपडा, कस्मेटिक, भाडाकुडा लगायतका सरसामान पाउनुका साथै वीरगञ्जमै पहिलो पटक तन्दुरी चायको शुरुआत गरिने पनि महानगर प्रमुख सिंहले जानकारी दिनुभयो ।

रात्री बजार आयोजना गर्दै गर्दा अवसर र चुनौतीबारे सम्बन्धित निकायसँग समन्वय भइरहेको र यसबाट नयाँ संदेश सहित सफलता प्राप्त भए लामो समय सम्म बजार लगाउन सकिने भएकोले वीरगञ्जमै पहिलो पटक नयाँ अवधारणा सहित लाग्ने बजारमा सहभागी भई सफल बनाउन प्रमुख सिंहले अपिल पनि गर्नु भयो ।

महानगरले रात्री बजार संचालनका लागि विभिन्न संस्थासँग सहकार्य गरेको छ ।

ग्रीन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एन.वाई.ई.एफ, वीरगञ्ज साइकलिंग क्लब, ओमेन्स क्रिएसन र फोर.जि.आर जस्ता संस्थाहरुसँगको सहकार्यमा “रात्री बजार” तयारीको काम अघि बढाइएको उहाँले बताउनु भयो ।

रात्री बजारमा लगाइने स्टलहरु बुकिङको काम अहिले धमाधम भइरहेको सहआयोजकको रुपमा रहेको ग्रिन सिटीका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिनुभयो ।

आदर्शनगर चोकदेखि कैलास चोक र त्यहाँबाट पुरानो बसपार्क सम्मको क्षेत्रमा करिब १ सय स्टल लगाउने गरि आवश्यक तयारी गरिएको र अहिले स्टल बुकिङको काम धमाधम भइरहेको उहाँले बताउनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०७९ चैत्र ६,सोमबार
नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग
मुख्य समाचार

नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग

प्रकाशित : २०७९ चैत्र ६,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद